logo

छोरी जन्मिए पाँच हजार उत्प्रेरणा भत्ता दिने अध्यक्ष साहको घोषणा

      9/23/2017 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

वीरगंज ७ असोज । विन्दवासनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीलाल साहले  सामाजिक सुरक्षा भत्ता अन्र्तगत नागरिकले पाउदै  आएको भत्तामा थप ५ सय बृद्धि गर्ने  घोषणा गरेको छ । बिन्दवासीनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो घोषणा गरेको हुन ।

       त्यसैगरि  उनले गाउँपालिका भित्रका  गरिब, असहाय तथा जेहनदार बिद्यार्थीहरुलाई प्रत्येक महिना १ हजारका दरले छात्रवृति दिने घोषणा गरे । उनले गाउँपलिका भित्र कसैको घरमा  छोरी जन्मेपछि ५ हजार रुपैया उत्प्रेरणा भत्ता गाउपालिकाको खाताबाट उपलब्ध गराउने पनि घोषणा गरेका छन । उनले  शहिद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन ।।बिन्दवासीनी गाउँपालिकाका पदाधिकारी एवं सदस्यहरुको शनिवार एक समारोहका बीच शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
विन्दवासनी गाउपालिकाको प्रमुखमा संघिय समाजवादी फोरम नेपालबाट श्रीलाल साह कानु , उपप्रमुखमा नेपाली कांग्रेसबाट किरन देवी गुप्ता, त्यसैगरी वडा नं . १ को अध्यक्षमा नेकपा एमालेबाट सागिर मिया, वडा नं .२ मा नेकपा एमालेबाट संजय चौहान, वडा नं.३ मा राजपाबाट सलमा खातुन, वडा नं. ४ मा नेपाली कांग्रेसबाट अनुज कुमार चौरसिया, वडा नं. ५ मा नेपाली कांग्रेसबाट सुकदेव राउत अहिर निर्वाचित भएका छन । उनीहरुलाई  निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 
श्रीराधा कृष्ण चौरसिया मावि बहुअर्वाभाठा माविमा निर्वाचन अधिकृत इश्वरी प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित गाउपालिकाका अध्यक्ष कानुले वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.