logo

चुनावलाई मध्यनजर गर्दै सीमा शिल,सुरक्षा ब्यवस्था कडा

      9/16/2017 गते 00 00 मा प्रकाशित     1050   पटक पढिएको

बीरगंज३१भदौ  । आउँदो सोमबार हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका सबै नाका बन्द गरिएको छ । 
स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि शुक्रबार रातिदेखि नाका बन्द  गरिएको पर्साका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताउनु भयो । पर्सा जिल्लामा १ सय ६७ मतदान स्थलमध्ये ७३ मतदान स्थलहरु संवेदनशील स्थलमा रुपमा स्थानीय प्रशासनले पहिचान गरेको छ । ती पहिचान गरिएका मतदान स्थलहरु धेरै जसो सीमावर्ती इलाकामा रहेका छन् । असोज २ गते राति १२ बजेसम्मका लागि सीमा नाकाहरु बन्द हुने स्थानीय प्रशासनले जनाएको छ । 
पर्सा जिल्लाको १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ । नाका बन्द गरिएसँगै सुरक्षाकर्मीले नेपाल भारत आवतजावतमा रोक लगाएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडीको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन् ।
सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, ट्याम्पु लगायतका सबै खाले सवारी साधन आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाई समेत शरीर खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिइएको छ । बीरगंज रक्सौल नाकामा भने सुरक्षाकर्मीले पेट्रोलियम पदार्थ बोकेका टंयाकरलाई एउटा निश्चित समयमा नेपाल प्रवेश हुन दिएका छन् भने एम्बुलेन्सको आवत जावतलाई अवरोध गरेका छैनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.