logo

गाडीयाको उधोगले अखाद्य समाग्री उत्पादन गरेको ठहर ,बिक्री बितरणमा रोक

      9/12/2017 गते 00 00 मा प्रकाशित     1184   पटक पढिएको

सीमरा २७ भदौ । आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले मंगलबार साँझ बाराको जीतपुरमा रहेको शिवशक्ति उद्योगमा छापा मार्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।  अखाद्य तेल उत्पादन गरेर बजारमा विक्रीवितरण गरेको भन्दै बिभागले छापामारी गरेको हो । काठमाडौबाट आएको विभागको टोलीले उद्योगमा छापा मार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको शाखा अधिकृत मोहन पुडासैनीले बताए ।
  उद्योगको उत्पादन फेमिली तोरीको तेल परीक्षणका क्रममा गुणस्तरहिन देखिएपछि विभागले अनुगमन गरेको हो  । उद्योगको उत्पादन क्षेत्रमा अनुगमन गर्दै टोलीले उद्योगलाई तेल उत्पादन र कारोबारमा रोक लगाएको छ। अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए।
उद्योगले फेमीली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ। गत साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साइट भ्यालु मापदण्डभन्दा बढी फेला परेको थियो। नियमानुसार प्यारेक्साईट भ्याल्यू १० हुनुपर्नेमा ११ दशमलव पाँच रहेको पाइएको अधिकृत पुडासैनीले बताए।
गत चैत्रमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहिन देखिएको शाखा अधिकृत पुडासैनीले बताए।
उद्योग राष्ट्यि प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दीप कुमार गाडीयाको हो। अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि अनुगमन गर्न खोज्दा कानून निर्माण गर्ने ठाउमा बसेका उद्योगीहरुले अवरोध गरेपछि घ्यूको प्लान्टमा टोलीले अनुगमन गर्न पाएन  । उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेटमै रोक्ने प्रयास समेत गरेका थिए। अनुगमनका लागि विभागको टोली पुगेको सूचना पाएपछि आएका उद्योगीले विभागले रोक लगाउन दिएको निर्देशन पत्रसमेत बुझ्न मानेनन्। टोलीले उत्पादन र बिक्री बितरण रोक्न मौखि आदेश भने दिएको छ । अनुगमनमा स्थानीय पूशासनले समेत बिभागको टोलीलाई सहयोग नगरेको टोलीको बुझाई छ ।उधोगबाट उपहार बुझने भएकोले स्थानीय प्रशासनले बिभागको टोलीलाई सहयोग नगरेको चर्चा अहिले चुलीमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.