logo

एमालेलाई मधेशी बिरोधी भन्नेहरुले के गरे ? अध्यक्ष ओली

      9/15/2017 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

सीमरा ३० भदौ ।एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन  । बाराको जितपुर–सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गरेको टिप्पणी गरे । हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन उनले भने हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने पनि बताए  । उनले एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे, मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे भन्दै ओलीले प्रतिप्रश्न समेत गरे । जनकपुरको चक्रपथ, वीरगन्ज–पथलैया ६ लेन सडक, दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउन ओलीमा आम मतदातालाई अपिल गरे । कार्यक्रममा मेयर उम्मेदवार डा.कृष्ण पौडेल लगायत एमाले नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.