logo

एमालेलाई मधेशी बिरोधी भन्नेहरुले के गरे ? अध्यक्ष ओली

      9/15/2017 गते 00 00 मा प्रकाशित     1032   पटक पढिएको

सीमरा ३० भदौ ।एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन  । बाराको जितपुर–सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गरेको टिप्पणी गरे । हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन उनले भने हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने पनि बताए  । उनले एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे, मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे भन्दै ओलीले प्रतिप्रश्न समेत गरे । जनकपुरको चक्रपथ, वीरगन्ज–पथलैया ६ लेन सडक, दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउन ओलीमा आम मतदातालाई अपिल गरे । कार्यक्रममा मेयर उम्मेदवार डा.कृष्ण पौडेल लगायत एमाले नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.