logo

एक परिवार एक युवा रोजगार राजपाको संकल्प

      9/10/2017 गते 00 00 मा प्रकाशित     2670   पटक पढिएको

भदौ २५ वीरगंज । राष्ट्रीय जनता पार्टीले बीरगंज महानगरको निर्वाचनकालागि आइतवार आफनो संकल्प पत्र सार्वजनीक गरेको छ । एक परिवार एक युवा रोजगारलाई राजपाले आफनो संकल्पको रुपमा प्रस्तुत गरेको छ ।
राजपाको संकल्पपत्र पार्टीका महासचिव एवं बीरगंजका मेयर उम्मेदवार राजेशममानसिंहले सार्वजनीक गरेका हुन । संकल्प पत्रमा समृद्ध बीरगंज ,प्राविधिक शिक्षालय  अन्तराष्ट्रीय स्तरका शिक्षण संस्थाको स्थापना लगायतका बिषयहरु
 समाविष्ट गरिएका छन । महिलाहरुको सन्दर्भमा हिंसारहित समाजको परिकल्पान संकल्प पत्रमा गरिएको छ । 
संकल्प पत्रमा युवाहरुको रोजगारीको बिषयले बिशेष प्रथामिकता पाएको छ । रोजगारीको सृजनाले मात्रै सम्बृद्धि हासिल हुने भएकोले आफनो ध्यान युवा उद्ययमशिलताको बिकास तर्फ केन्द्रीत रहेको सिंहले बताए ।

यस्तै संकल्प पत्रमा महानगरमा जन्मने हरेक बालीकाको सुरक्षित भविष्यका लागि बैँक खाता सन्चालन गरेर महानगरले १० हजार रुपैया जम्म गर्ने र बालिका २० वर्ष भएपछि ५० हजार थपेर दिइने कुरा राजपाको संकल्प पत्रमा उल्लेख छ । 
महानगरको विचबाट बग्ने सिर्सिया नदिलाई सुरन्दर र मनोरम बनाउँदै त्याहाँ ¥याफ्टिङ खेल्न मिल्ने गरि प्रदुषण हटाउने र नदिको किनारमा विकसित बाँसको विरुवा रोपेर सुन्दर बनाउने परिकल्पना पनि घोषणा पत्रमा समेटिएको छ ।
घोषणा पत्रले स्वास्थ्य, शिक्षा, खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छ ।
वीरगंज सडकको स्तरोन्नती गरि हरेक वडाका सडक २ लेनको पक्कि बनाउने जस्ता योजनाहरु उल्लेख छ ।
हरेक आन्दोलनको मुख्य केन्द्र रहेको वीरगंजमा मधेसी सहिदको सम्झनामा मधेसी सहिद संग्राहालय निर्माण गर्ने,  बालमैत्री बाताबरण निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् ।
नाराणी रंगशाला आदर्शनगर रंगशाला लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वरुपमा परिवर्तन गरि खेलकुदका अन्य मैदानहरुको उचित स्तरोन्नती गरिने, इनर्वामा कुस्तिका लागि सुविधासम्पन्न कुस्ति मैदान निर्माण गर्ने लगायतका एजेण्डा समेटिएको छ ।यस्तै उद्योग कलकारखाना निर्माण तथा सन्चालनका लागि आवश्यक नीति तर्जमा गर्दै पर्यावरण मैत्री विकासको आधारलाई प्राथमिकतामा राखिने छ ।मठमन्दिर, पोखरी, नदिनालाको संरक्षण र सवर्दनका साथै आधुनिक कृषिको पकेट क्षेत्रहरुको विकास गरिने घोषणा पत्रमा उल्लेख छ ।संकल्प पत्रसार्वजनिक कार्यक्रममा मेयरका उम्मेद्वार सिंहले घोषणासंकल्प पत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयमा लैजाने बाचा गरे ।  कार्यक्रममा उपमेयरकी उम्मेद्वार रम्भा  मिश्र   रमेस प्रसाद कुर्मी, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्णा पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.