logo

वीरगन्जमा उत्साहजनक उम्मेदवारी (फोटो फिचर)

      9/6/2017 गते 00 00 मा प्रकाशित     1466   पटक पढिएको


वीरगन्ज, पर्साको १ महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारी दर्ता काम सकिएको छ । वीरगंज महानगरपालिकाको मेयरमा १४ जनाले दावेदारी गर्दै उम्मेदवारी दर्ता गराएका छन । मेयरका लागि काँग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुद्धिन असारी, संघिय समाजवादी फोरम नेपालबाट बिजय सरावगी, नेपाल लोेकतान्त्रिक फोरमबाट बिमल प्रसाद श्रीवास्तव, राजपाबाट राजेशमान सिंह, माओवादी केन्द्रबाट रहबर असारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

केही स्वतन्त्र र सानादलबाट गरी मेयरमा कुल १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनाएको छ । उपमेयरमा पनि काँग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, फोरम लोकतान्त्रिकबाट रिंकी यादव, राजपाबाट रम्भा मिश्र, राप्रपा प्रजातान्त्रिकबाट सुमेश्वरनाथ उपाध्याय, स्वतन्त्र श्यामबाबु पटेललगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । वीरगंज महानगरपालिकामा ३२ वडा छ ।







आयोगको कार्यालयले वडाध्यक्ष र सदस्यहरुको संख्या गणनापछि बताउने जनाएको छ । यसैगरी पर्साको तीन नगरपालिका, १० गाउँपालिकाहरुमा पनि उम्मेदवारी दर्ता भएको बताइएको छ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका बीरगन्जमा अगामी असोज दुईमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता उल्लासपूर्ण वातावरणमा भएको हो । जनता चुनावी माहोलमा रमाइरहेका छन् । उम्मेदवारी दर्ता गर्ने दिन दलहरुले आ आफ्नो शक्ति प्रदर्शन गरेका छन् । दलबलका साथ उम्मेदवारी दर्ताका लागि आएका थिए । साँझ ५ बजेसम्म समय निर्धारण गरिएपनि कार्यँलय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारको राति अबेर सम्म मनोनयन दर्ता गरिने मूख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । मधेसमा उम्मेदवारी दर्ताको दिनलाई उम्मेदवारले शक्ति प्रदर्शनका रुपमा समेत प्रयोग गर्दै आएका छन् । विगत झैँ यसपालीको उम्मेदवारी दर्तामा पनि उम्मेदवारले क्ष्ँेत्रभरिका कार्यकर्ता र समर्थक वीरगन्ज बजारमा उतारेका थिए ।





दलको झन्डा, टिसर्ट, टोपी लगाएर मोटरसाइकल, ट्याक्टर, जीपमा सवार भई आएका सयौँ कार्यकर्ताले वीरगन्ज महानगरको मूख्य बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको परिसरमा सञ्चालनमा आएको मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । गाउँबाट ओसारिएका कार्यकर्तालाई भतेरका लागि विभिन्न ठाउँ मासु चिउराको व्यवस्था मिलाइएको थियो ।





तस्विरहरुः मनिष पौडेल/वीरगंज

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.