logo

काठ महासंघको कार्यालयमै छ ः अध्यक्ष उपाध्याय

      3/21/2017 गते 00 00 मा प्रकाशित     1526   पटक पढिएको

कलैया,८ चैत । 
नेपाल पत्रकार महासंघ बारा शाखाको हवला दिएर केही राष्ट्रिय तथा स्थानीय संचारमाध्याममा काठ तस्करी गर्न खोजिएको भन्ने भ्रामक समाचार प्रकाशित भएकोमा नेपाल पत्रकार महासंघ बारा शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
    मंगलबार नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ सबै पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउने गरी संस्थाकै साधारण सदस्यहरुबाट समाचार लेख्ने र समाचार प्रकाशित गर्ने कार्य गरिदा पत्रकार महासंघ र बाराका पत्रकारहरुको ब्यवसायिक मर्यादामाथ ठूलो धावा बोल्ने कार्य भएको उल्लेख गरेका छन । बिभिन्न आरोह अवरोहहरु झेल्दै यही चैत १९ गते पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन गर्ने तयारीमा जुटिरहेको पूर्व संध्यामा निर्वाचनलाई समेत असर गर्ने गरी राजनीतिक प्रतिशोधको भावले यस्तो कार्य गर्न र गराउन लगाइएको हो अध्यक्ष उपाध्यायद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ  । पत्रकार महासंघलाई जवरजस्ती कथित काठ तस्करीको बिल्ला भिराएर हामीले कस्तो खालको समाजको कल्पना गर्दैछौं भन्ने चिन्ता समेत बिज्ञप्ति मार्फत गरिएको छ ।   
    निर्वाचनमा पराजय हुने कुण्ठाका आधारमा निर्माणधिन भवनको आवश्यक फर्निचरका लागि ल्याउदै गरिएको काठलाई अनावश्यक कारण देखाइ पत्रकार महासंघको नाउ जोडेर काठको तस्करी गर्न खोजियो भन्नु बाराका सबै ब्यवसायिक र श्रमजीवी पत्रकारहरुको ब्यवसायिक मर्यादामाथि कुठाराघात गर्न खोजिको उपाध्यायले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाको २०७२ साल कात्तिक १६ गते बसेको कार्य समितिको बैठकले फर्निचर निर्माणका जिल्ला बन पैदवार आपूर्ति समितिसंग काठ माग गरेको कुरा निर्णय पुस्तिकामा सुरक्षित छ । बैठकमा उपाध्यक्ष राकेश पाण्डेय र सचिव जयनारायण यादव पनि उपस्थिति रहेको हुंदा उहाहरुले महासंघको निर्णय बिपरित बोल्नु ठिक नभएको बिज्ञप्तीमा उल्लेख छ । जिल्ला आपूर्ति समितिले नै निर्णय गराएर महासंघलाई काठ उपलब्ध गराइदिनु भनेको र सातदिनभित्र काठ नउठाए काठ जफत हुने जिल्ला वन कार्यालयले पटक पटक भनेपछि महासंघ काठ उठाउन अहिले बाध्य भएको कुरा सबैमा स्पष्ट पार्न चाहन्छु उपाध्यायद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । महासंघलाई उपलब्ध गराएको काठ पत्रकार महासंघको कलैया स्थित भवनमा सुरक्षित रहेको कुरा भन्दै उनले बिज्ञप्ती मार्फत  फेरिपनि पत्रकार महासंघ बाराको अध्यक्षको नाताले जिल्लाका सबै पत्रकारहरुलाई संयमित भइ मुल्यनिष्ठ पत्रकारितामा जोड दिन आग्रह गर्दै पत्रकारिताको नाउमा आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने कार्यमा संलग्न नहुन पनि सबैलाई अपिल गरेका छन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.