logo

उठाएको रकमबाट आधा र बुलेटको प्रलोभनमा एसपीले व्यापारीलाई २ दिनसम्म क्वार्टरमा थुनेको खुलासा

      1/31/2017 गते 00 00 मा प्रकाशित     1677   पटक पढिएको

 

वीरगन्ज– वारा कलैयाका खाद्यान्न व्यापारी तौफिक अन्सारीलाई पर्साका एसपी गोविन्द कुमार साहले गैरन्यायिक तरिकाले २ दिनसम्म क्वार्टरमा थुनेको प्रकरण उजागर भएपछि प्रहरी मूख्यालयबाट छानबिन थालिएको छ । यता एसपी साहले मंगलबार आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सोमबार प्रकाशित समाचारको खण्डन गरेपनि सञ्चारकर्मीको प्रश्नको जवाफ दिन सकेनन् । पत्रकार सम्मेलन उनका लागि घाँडो सावित भएको थियो । भारतीय व्यापारीको उधारो रकम उठाएवापत आधा रकम र एउटा बुलेट मोटरसाइकल लिने सहमतिमा एसपी साहले ललितपुरको पाटनबाट तौफिकलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

 

बुलेट लिने उद्देश्यले केही दिन अगाडि एसपी साह एक जना इन्सपेक्टरलाई साथमा लिएर परवानीपुर नजिकैको दुगडको सोरुममा समेत पुगेका थिए । फोन डिटेल्स ट्रेस गरि पर्सा क्राइमका असई प्रमोद साह सहित २ जनाको टोलीले तौफिकलाई सोमबार राति वीरगन्ज लिएर आएका थिए । क्वार्टरबाटै तौफिकले विभिन्न व्यापारीलाई फोन गरी १३ लाख रुपैयाँ मगाएका थिए । थप पैसा उठाउनका लागि व्यापारीकोमा जानु पर्ने तौफिकले बताएपछि एसपीले एकजना घुमुवा प्रहरीलाई उनको पछाडि लगाई छाडेका थिए ।

 

एसपीले तौफिकलाई थुनुवा कोठामा नराखि आफ्नै निवासमा २ दिनसम्म राखेर पैसाको बन्दोवस्त गर्न दबाब दिएका थिए । भारतीय कारोबारीको आग्रहमा वीरगन्ज स्थित महावाणिज्य दुतावास कार्यालयबाट लिखित निवेदन आएकाले तौफिकलाई नियन्त्रणमा लिइएको एसपी गोविन्द कुमार साहले बताए । एसपी साहले तौफिकलाई एकदिन मात्र क्वार्टरमा राखेको बताएपनि तौफिकले प्रयोग गर्दै आएको एनसेलको मोबाइलको कल वाइज विवरणको आधारमा २ दिनसम्म उनको लोकेशन पानीट्यांकीको टावर देखाइरहेको छ । एसपी निवास पनि अहिले टावर नजिकै छ । ठगि देखिएपछि तौफक माथि ठगि मुद्दामा थुनामा राखेर अनुसन्धान किन अगाडि नबढाएको प्रश्नमा एसपी साह मौन बसे । उनले भने, ‘पैसा तिर्छु भनेका छन्, उनीहरु मिलुन्, प्रहरीलाई के मतलब ।’ गैरन्यायिक नियन्त्रणमा राखेर प्रहरीले कानुनको उपहास गरेको कानुनविद्धले बताएका छन् । पछिल्लो केही वर्षयता प्रहरीले लेनदेनका मुद्दा अदालत पठाइदिने गरेको थियो ।


‘यस्ता मुद्दामा आर्थिक अनियमितता उजागर भएपछि सिधै अदालत पठाउने गरेका थियौ“,’ एक प्रहरी अधिकृतले भने । तौफिकले विहारको जहानाबाद, माधोपुर र मसौरीबाट करिब ५० लाख रुपैया“ बराबरको खाद्यान्न खरिद गरि ल्याएको जनाए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.