logo

एमालेले मधेशमा पाँच लाख जनता सडकमा उतार्ने

एमालेले मधेशमा पाँच लाख जनता सडकमा उतार्ने

      1/19/2017 गते 00 00 मा प्रकाशित     2145   पटक पढिएको

बीरगंज ६ माघ । कतिपय ठाउमा राजनीति कार्यक्रम गर्नै नपाउने गरि मधेश केन्द्रीत दलद्वारा प्रतिवन्ध घोषणा गरिएको नेकपा एमालले मधेशमा पाँच लाख भन्दा बढी जनता सडकमा उतार्ने तयारी गरेको छ । नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारीलाई सफल पार्न एमालेको केन्द्रीय सचिवालय रणनीति तयार गर्दै छ ।

संविधान जारीसगै मधेशकेन्द्रीत दलको आक्रमणको निशानामा परेको नेकपा एमाले अहिले सम्बिधान जारी गर्दाका सहयात्री पनि एमाले बिरुद्ध खनिएका छन । यसो त एमालले मधेशमा कार्यक्रम नगरेको भने हैन । जनकपुरमा हजारौ नागरिकको सहभागितामा सभा सम्पन्न गरेको छ । बन्द प्रशिक्षण भने भइरहेका छन । हालै नम्बर दुईको बन्द प्रशिक्षण मधेशी समुदायको बहुलता रहेको सप्तरीमा सम्पन्न गरेलगत्तै सुनसरीमा परीक्षणका रुपमा खुल्ला सभा आयोजना गरेको थियो।
यी दुवै कार्यक्रमबाट एमाले उत्साहित बनेको छ । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले मधेशमा एमालेकालागि समस्या नरहेको बताउछन । सप्तरीमा अगुवा नेताहरु मात्रै भेला भएपनि सुनसरीमा आमसाधरणका निम्ति एमालेले कार्यक्रम राखेको थियो।
मधेशमा पाँच लाख उतार्ने योजना दुई चरणमा पूरा हुनेछ। पहिलो चरणमा मेचीदेखि महाकालीसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर र दोस्रो चरणमा हुलाकी मार्ग भएर ‘शक्ति प्रदर्शन’ गर्ने एमालेको योजना छ। केही दिनअघिको स्थायी कमिटी बैठकले घोषणा गरेको मेची–महाकाली अभियान भने राजमार्ग केन्द्रीत हुनेछ ।
 
यो प्रदर्शन रिलेनियम अनुसार चल्नेछ। झापाले मोरङलाई मोरङले सुनसरलाई गर्दै पश्चिम पुगेर अभियान सकिनेछ। प्रदर्शनको नेतृत्व पार्टी शीर्ष नेताहरुले गर्नेछन । भने केन्द्रीय नेताहरुसहित जनसंगठनका नेता–कार्यकर्ताहरु पूर्वदेखि पश्चिमसम्मै पुग्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.