logo

खसीको मासु प्रतिकेजी एघार सय निर्धारण मासु पसल अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ०६: ३२ मा प्रकाशित     523   पटक पढिएको

 वीरगञ्ज ।वीरगंज महानगर क्षेत्रमा खसीको मासु प्रति केजी १ हजार १ सय रुपैया निर्धारण गरिएको छ ।

 

मासुको मूल्यमनपरि लिन थालेपछि स्थानीय प्रशासन सरकार र अन्य सरोकारवालाको संयाुक्त बैठकले मूल्य निर्धारण गरेको हो ।

 

महानगर क्षेत्र भन्दा बाहिर नगरपालिका र पालिकामा खसीको मासुको प्रति केजी मूल्य १ हजार निर्धारण गरिएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको पर्साका १४ वटा स्थानीय सरकारका प्रतिनिधि   पशु क्वारेन्टाइन कार्यालय, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले मूल्य समबन्धमा निर्णय गरेको हो ।  

 


निर्धारित मूल्य भन्दा बढी रकम उपभोक्ताबाट लिन नपाइने र लिएमा कारवाही हुने समेत निर्णय भएको बताइएको छ ।


त्यसैगरी वीरगञ्ज महानगरपालिका क्षेत्रमा भने खशी खरिद, ढुवानी, लोडिङ–अनलोडिङ, कर, स्टोर भाडा, श्रमिक खर्च, काटिसकेपछिको वेस्टेज तथा व्यवसायीको उचित नाफासमेतलाई आधार मानेर वास्तविक खुद लागत मूल्य निर्धारण गरिएको बैठकले जनाएको छ।

 

 सोही आधारमा तत्कालका लागि प्रतिकेजी १ हजार १ सय रुपैयाँमा खसको मासु बिक्री गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।


बैठकमा सहभागी प्रतिनिधिहरुले उत्पादक, उपभोक्ता तथा व्यवसायी सबै पक्ष मर्कामा नपर्ने गरी सन्तुलित मूल्य कायम गर्नुपर्नेमा जोड दिएका थिए।

 

 साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने तथा गुणस्तरहीन मासु बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न नियमित बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने निर्णय गरिएको छ।


बैठकबाट स्थानीय तहभित्र सञ्चालन हुने मासु पसल अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने, सरसफाइ मापदण्ड पालना गर्नुपर्ने र प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा नियमित अनुगमन गरिने निर्णयसमेत गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.