logo

मन्दीर हिडेका पाण्डे प्रहरीद्वारा पक्राउ, भागेको भन्ने भाष्यप्रति परिवारजनको आपत्ती

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ३१ गते ०७: ०१ मा प्रकाशित     1270   पटक पढिएको

वीरगंज । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डे प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती  सप्तरी र  बाराको गढीमाई मन्दीर दर्शन गर्न जाने क्रममा पक्राउ परेको खुलेको छ । 


बैशाख ३० गते सिन्धुलीबाट प्रक्राउ परेका पाण्डेका बिषयमा “भग्दै गर्दा पक्राउ” परेको भाष्य निर्माण भएकोमा त्यसमा सत्यता नरहेको खुलेको छ । धर्मप्रति भक्तिभाव राख्ने पाण्डे बाराको गढीमाईमा हरेक महिना आउने गरेको त्याहाका प्रमुख पुजारी चन्द्रदेव चौधरीले बताए ।

 

उनले पाण्डे २५ वर्ष अघिदेखी मन्दीरमा नियमित आउने गरेको जानकारी दिए ।

 

पाण्डेले मन्दीरमा साउण्ड सिस्टम लगायतका समाग्री समेत उपलब्ध गराएको पुजारी चौधरीले बताए । उनले मन्दीरको गजुर देखाउदै  झाल बाजा उपलब्ध गराएका पाण्डे सज्जन मान्छे भएको उनले बताए ।

 

माओवादी जनयुद्धताका समस्यामा परेका पाण्डे गढीमाताको आर्शिवादका कारण आफू बाँचेको ठान्दछ ।

No photo description available.

त्यही भएर उनले कुनै नयाँ काम शुरु गर्नु भन्दा अघि  र नियमित रुपमा गढीमाताको दर्शन गर्न जाने गरेका थिए ।सप्तरीको छिन्नमस्ता मन्दीरमा पनि पाण्डे दर्शनकालागि नियमित जाने गरेको त्याहाका पुजारीले बताएका छन ।

 

उनले पाण्डे निकै धार्मिक प्रवृत्तिको मान्छे भएको र उनले गरिब दीनदुखीलाई निकै मद्दत गर्ने गरेको स्मरण गरे । उनले ज्योती पाण्डे पक्राउ  परेको सुनेर निकै चिन्ता ब्यक्त गरे ।

 

गढीमाताको मन्दीर परिसरमा पुजा सामाग्री बेच्दै आएकी पार्वतीया देवीले पाण्डेको बारेमा चिन्ता ब्यक्त गरिन ।  उनले भनिन्, ‘पाण्डे राम्रो मान्छे हुन उनलाई पक्कै पनि फसाउन खोजिदै छ राम्रो मान्छेलाई नफसाउन् जसरी पनि बचाउ भगवानको भक्तले पाप गर्दैनन् ।

 

’  पाण्डेका परिवारिक स्रोतले समेत उनी भाग्दै गर्दा समातिएको भन्ने भाष्य प्रति असन्तोष जनाएको छ ।  छिन्नमस्ता मन्दीरका मुख्य पुजारी र गढीमाईका पुजारीको कुराले पनि पाण्डे भागेको हुन भन्ने कुरालाई खण्डन गर्दछ । पाण्डेलाई  नेपाल प्रहरीको सीआइवीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको थियो ।

 

उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

 

यसैवीच  धितो लिलामी गरेर कर्जा असुली गर्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै संगठनहरूले विरोध जनाएका छन् ।

 

स्मार्ट टेलिकमले इन्भेस्टमेन्ट बैंकबाट लिएको ४ अर्ब ६० करोड ऋण नतिरेपछि टेलिकमका उपकरण लिलाम गरी बैंकले असुल गरेको थियो । पाण्डेको पक्राउबारे बैंक तथा वित्तीय संस्थाका चार वटै संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयूक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्।

 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीतिरनिर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह हुँदै आएको बैंक तथा वित्तीय संस्थाका संगठनले जनाएका छन् ।

May be an image of temple

त्यसैगरि एनआईएमबी बैंकले पनि आफनो एक बिज्ञप्ति मार्फत आफनो आधिकारी धारणा सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन गर्ने प्रचलित ऐन कानून, विशेषगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असुली निर्देशिकाको पूर्णरूपमा पालना गर्दै निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुली गर्नुपर्ने कानुनी दायित्व तथा जिम्मेवारी अन्तर्गत रही बैंकले कर्जा असूली प्रक्रिया अनुसार उक्त कारबाही अघि बढाइएको एनआईएमबीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाएको छ ।

 

यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमा नै उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता एनआईएमबीले व्यक्त गरेको छ ।

 

एनआईएमबीले ३ असोज २०८२ मा ऋणी स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण लगायत सामाग्री लिलामीको सूचना प्रकाशित गरी सोही सूचना बमोजिम लिलाम बिक्री भई प्राप्त भएको कूल ४ अर्ब ६० करोडबाट ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा सुविधा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेका कारण बाँकी रकम ३८ करोड  बैंकको ‘अर्नेस्ट मनी अक्सन एकाउन्ट’ मा बाँकी रहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.