logo

आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरीको छापा, ब्यापारीको प्रतिवाद झडपमा परिणत हुदा एक प्रहरी घाइते

 इसीमाना सम्वाददाता     २०८२ माघ २६ गते ०१: १७ मा प्रकाशित     264   पटक पढिएको

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख व्यापारिक क्षेत्र आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्ने क्रममा झडप भएको छ ।

 

राजस्व छलीको समान भण्डारण भएको  शंकाका आधारमा गरिएको छापामारीको क्रममा व्यापारी र सुरक्षाकर्मीबीच विवाद चर्किँदा भएको झडपमा  एक जना सशस्त्र प्रहरी घाइते भएका छन्।

 

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाको आधारमा टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गरेसँगै स्थानीय व्यापारीहरूले आपत्ति जनाएका थिए।

 

व्यापारीहरूले आफूहरू वैध रूपमा व्यवसाय गर्दै आएको र सबै सामानका बिलबिजक उपलब्ध रहेको दाबी गर्दै सुरक्षाकर्मीले अनावश्यक दबाब दिएको आरोप लगाएका छन्।

 

त्यसक्रममा आक्रोशित बनेका केही व्यापारीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।  साथै, ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीको  प्रयोगमा रहेको गाडीको अगाडिको सिसा समेत फुटेको जनाइएको छ।

 

छापामारीका क्रममा गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिइएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण सार्वजनिक हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

हाल सामानको लगत संकलन र मुचुल्का तयार गर्ने प्रक्रिया चलिरहेको र गोदामको स्वामित्वबारे पनि अनुसन्धान जारी रहेको नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

 

यसैबीच व्यापारीहरूले भने वैध व्यवसायीलाई समेत तस्करजस्तै व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिलबिजक देखाउँदा देखाउँदै पनि सामान जफत गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको उनीहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.