logo

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न, वडाको बजेट यथावत् राख्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८२ पौष १४ गते ०८: ४४ मा प्रकाशित     63   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि विशेष अधिवेशनमार्फत कटौती गरिएको वडाको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

 

गत असोजमा सम्पन्न विशेष अधिवेशनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण महानगरका विभिन्न संरचनामा पुगेको क्षति पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै वडातर्फको बजेट कटौती गरेको थियो। उक्त निर्णयअनुसार चालु आर्थिक वर्षमा वडाका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत कटौती गरिएको थियो।

 

तर पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन भइसकेको भन्दै अहिलेको १९ औं नगर अधिवेशनले १७ औं नगर अधिवेशनबाट स्वीकृत वडातर्फको बजेट यथावत् राख्ने निर्णय गरेको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

 

अधिवेशनमा महानगर प्रमुख सिंहले चालु आर्थिक वर्षको आय–व्ययको अवस्था पनि सार्वजनिक गरे। उनका  अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म एक अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ।

 

खर्चको प्रतिशतका आधारमा हालसम्म कुल विनियोजित बजेटको ३३ प्रतिशत खर्च भइसकेको छ। यसमध्ये चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको जानकारी उनले दिए ।

 

महानगरपालिकाले चालु आर्थिक वर्षभित्र शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य लिएको पनि अधिवेशनमा जानकारी गराइएको छ।

 

१९ औं नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, महानगरका ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.