logo

छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा,  किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने

 इसीमाना सम्बाददाता     २०८२ मंसिर २१ गते ०७: ०१ मा प्रकाशित     315   पटक पढिएको

वीरगंज। वीरगंज महानगरपालिकाले वडा नं. २, रेल्वे रोडस्थित छपकैयामा निर्माण गरेको छपकैया तरकारी तथा फलफूल थोक बजार आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

 

यससँगै वीरगंजमा लामो समयदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव अन्त्य भएको छ।

 

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार छपकैया समुदायकै नाम र पहिचानमा निर्माण गरिएको बताउँदै यसको व्यवस्थापनमा स्थानीयवासीको भूमिका निर्णायक हुने उल्लेख गरे।


यो बजार छपकैया वासीकै सम्पत्ति हो। सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीय समुदाय अग्रसर हुनुपर्ने उनले बताए ।

 

उनका अनुसार बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भए पनि वीपी उद्यानमा रहेका व्यवसायीका कारण ढिलाइ भएको स्मरण गरे।

 

उद्यानलाई हरित पार्कका रूपमा विकसित गर्दै अव्यवस्थित बजार हटाई छपकैया बजारमा स्थानान्तरण गर्ने तयारी महानगरले अघि बढाइरहेको उनले बताए।

 

सिंहले ‘वैभव वीरगंज’ अवधारणा प्रस्तुत गर्दै व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधा सुधार र कानुनको कडाइलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट गरे।


कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने बताए।


अब किसानले सहज ठाउँमा उत्पादन ल्याउन पाउनेछ, उपभोक्ताले व्यवस्थित खरिद गर्न सक्नेछन्, तथा सवारी सञ्चालन पनि सरल हुने दाहालले बताए ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा बनेको १४ युनिटमा २८ सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहितका सुविधा उपलब्ध छन्।


आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गरी संरचना विस्तार गर्ने योजनासमेत रहेको कर्णले जानकारी दिए।

 

उनका अनुसार खुद्रा र थोक कारोबारलाई फरक फरक संरचनामा  राखी सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित काम गर्न सहज हुने छ। “यसले रोजगारीका अवसर पनि बढाउँछ,” उनले भने। 


उद्घाटन कार्यक्रममा सहभागी व्यवसायीहरूले स्थायी संरचना बनेपछि लगानी व्यवस्थापन, भण्डारण सुविधा, गुणस्तरीय बिक्री प्रणाली र किसानसँग सीधा कारोबार सहज हुने विश्वास व्यक्त गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.