काठमाडौं । भारतले नेपालमा १०० भारु भन्दा माथिका नोटहरू चलाउन अनुमति प्रदान गरेको छ। भारतीय केन्द्रीय बैंक (आरबीआइ)ले राजपत्रमार्फत नेपालको लागि लागू गरिएको प्रतिबन्ध हटाएको छ।
आरबीआईले हालै ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधन विनियमावली–२०२५’ जारी गर्दै यो महत्त्वपूर्ण परिवर्तन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब जो–कोही व्यक्ति ९भारतीय नागरिक होस् वा अन्य देशका नागरिक० ले नेपाल वा भुटान जाँदा १०० भारुभन्दा माथिका नोटहरू कुल २५,००० भारतीय रुपैयाँसम्म साथमा लिएर जान सक्नेछन् ।
त्यसैगरी नेपाल वा भुटानबाट भारत फर्किने जो–कोहीले पनि १०० भारुभन्दा ठूला नोटहरू २५,००० भारुसम्म ल्याउन पाउनेछन् ।
यस निर्णयसँगै अब भारतबाट आउने पर्यटक, कामदार तथा विद्यार्थीहरुका लागि आर्थिक सटही सहज हुने अपेक्षा गरिएको छ। नेपालमा भित्रिने व्यक्तिहरूले २५ हजार भारुभन्दा बढी त सीमित रकम मात्रै साथमा ल्याउन पाइने व्यवस्था गरिएको छ।
यसअघि २०१६ मा लागू गरिएको नोट बंदी (डिमोनिटाइजेसन) पछि भारतबाट नेपाल जान वा पैसा ल्याउँदा केवल १०० भारु दरका नोट प्रयोगमा आउँथे। त्यसका कारण ठूलो दरका नोटहरु व्यवहारमा थिएनन्। अब त्यही प्रतिबन्ध फुकुवा गरिएको हो।
नेपाल राष्ट्र बैंकले पनि भारतको निर्णय अनुसार व्यवस्था मिलाइरहेको जानएको छ । सीमा क्षेत्रमा काउन्टर प्रणाली सेटअप गरेमा भारतीय र नेपालको यात्रु–व्यवसायी दुबैका लागि नोट सटही गर्न सहज हुनेछ भन्ने बैंक प्रवक्ताले बताए।
तपाईको प्रतिक्रिया