logo

पथलैयामा ट्राफिकको मनपरी, चालक धर्नामा, एसपी सिलवालमाथि चोरीको जीपदेखि अवैध असुलीसम्मका गम्भीर आरोप

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १७ गते ०५: ५५ मा प्रकाशित     1118   पटक पढिएको

वीरगञ्ज । मधेश प्रदेशमा ट्राफिक व्यवस्थापन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको घटनाक्रम सार्वजनिक भएको छ।

 

 बाराको पथलैया स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि पराल तथा भुस ढुवानी रोकिएको विरोधमा चालकहरूले धर्ना दिएका छन्।

 

मंगलबारदेखि ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका सवारीलाई ‘ओभरलोड’ को कारण देखाउँदै रोक्न थालेपछि बुधवार दिउँसोदेखि चालकहरूले धर्ना सुरु गरेका हुन्।

 

धर्नाका कारण पथलैया क्षेत्रमा मात्रै डेढ सयभन्दा बढी गाडी सडकमै रोकिएका छन्। चितवन, धादिङ, काठमाडौं, पोखरा जाने गाडीहरू समेत रोकिँदा चालक तथा किसान दुवै मारमा परेका छन्।

 

नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले मुख्य सिजनमै पराल–भुस ढुवानीमा अवरोध हुँदा किसानहरू निकै प्रभावित भएको बताए। चालकहरूले पनि अनावश्यक झन्झट सिर्जना गरिएको आरोप लगाएका छन्।

 

धर्नासँगै ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालमाथिका पुराना आरोपहरू पुनः सतहमा आएका छन्। यसअघि डिआइजी (हाल एआइजी) उमाप्रसाद चतुर्वेदीले सिलवालमाथि अनुशासनहीनता, अवैध असुली तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा विभागीय कारबाही अघि बढाएका थिए।

 

छानबिनमा भारतीय ट्रक तथा व्यवसायीबाट मासिक रकम असुल्ने, मातहत कार्यालयलाई आय–आर्जनको माध्यम बनाउने तथा भारतीय सवारी पथलैया बाहेक अन्यत्र चल्न नदिने जस्ता आरोप फेला परेको प्रहरीले जनाएको थियो।

 

सिलवालमाथि चोरीको जीपलाई निजी रूपमा प्रयोग गरेको गम्भीर आरोप पनि छ। जिल्ला ट्राफिक कार्यालय बाराले चोकजाँचमा बरामद गरी पथलैया कार्यालय पठाएको प्र ३–०१–०२२ च ०९६८ नम्बरको जीपलाई कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत रूपमा प्रयोग गरिएको स्रोतले बताएको छ।

 

उक्त गाडीलाई करिब एक लाख रुपैयाँ खर्च गरेर मर्मत गराइएको र भुक्तानीका लागि अन्य गाडीको नम्बर दुरुपयोग गर्न खोजिएको पनि खुलेको छ।

 

 स्थानीय अधिकारीहरूका अनुसार चोरीको सवारीसाधनमा यसरी खर्च गरी भुक्तानी मिलाउन खोज्नु पूर्ण गैरकानुनी कार्य हो।

 

एसपी सिलवालले भने जीप बिग्रिएको भएकाले मर्मत गरिएको र यातायात विभागले विवरण नदिँदा अनुसन्धान अघि नबढेको दाबी गरेका छन्। तर कानुनले चोरीको अवस्थामा बरामद सवारी स्वामित्व प्रमाणित नहुँदासम्म, भन्सार प्रक्रिया पूरा नभएसम्म तथा अदालतको अनुमति नआएसम्म प्रयोग गर्न नपाइने प्रष्ट व्यवस्था गरेको छ।

 

घटना सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै उच्चस्तरीय छानबिनको माग उठेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरले पनि रोकिएको भनिएको पूर्व अनुसन्धान पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ।

 

पथलैयामा चालकहरूको धर्ना र सिलवालमाथिका आरोपले मधेश प्रदेशमा ट्राफिक व्यवस्थापन प्रणालीमै समस्या रहेको देखाएको छ। अब छानबिन निष्पक्ष हुन्छ कि हुँदैन, तथा दोषीमाथि कारबाही गर्न संगठन सक्षम हुन्छ कि हुँदैन भन्ने प्रश्न प्रदेशभर उठिरहेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.