logo

नेपालको नक्शा सहितको सय रुपैयाको नयाँ नोट आयो चल्तीमा

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ११ गते ०८: ४२ मा प्रकाशित     344   पटक पढिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ सुधारिएको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

 

बैंकले जारी गरेको सूचनाअनुसार नयाँ नोट पुरानै आकार र रङमा भए पनि यसको सुरक्षा विशेषता र डिजाइनमा सूक्ष्म परिमार्जन गरिएको छ।

 

नोटको बायाँपट्टि सगरमाथाको चित्र तथा दायाँपट्टि लालीगुराँसको पानीछाप राखिएको छ। बीच भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ।

 

दृष्टिविहीनले सहजै पहिचान गर्न सकून् भनेर अशोक स्तम्भ नजिकै स्पर्श गरेर महसुस गर्न सकिने विशेष चिन्ह (ट्याक्टाइल मार्क) थपिएको बैंकले जनाएको छ।

 

सुरक्षा व्यवस्थाका लागि नोटमा २ मिमि चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको सूक्ष्म चित्र पनि समावेश गरिएको छ।

 

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकृतको दस्तखत रहेको छ भने तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ को सिरिज उल्लेख गरिएको छ।

 

राष्ट्र बैंकका अनुसार नयाँ सुविधा र सुरक्षासहितको यो नोट आजदेखि बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणको हातमा पुग्न सुरु हुने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.