logo

देशको समृद्धिका लागि आन्तरिक पूँजी परिचालन गर्नुपर्छः अध्यक्ष ढकाल

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २३ गते ०९: १३ मा प्रकाशित     470   पटक पढिएको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक समृद्धि र पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन अपरिहार्य भएको बताएका छन्।

 

काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसमा बोल्दै उनले ठूला पूर्वाधार परियोजनाका लागि केवल वैदेशिक लगानीमा निर्भर रहनु पर्याप्त नभएको उल्लेख गरे। 

 

उनका अनुसार देशभर छरिएका आन्तरिक स्रोत र पूँजीलाई एकीकृत गरी उत्पादनमुखी, स्वावलम्बी र दीर्घकालीन अर्थतन्त्र निर्माणमा लगाउनुपर्ने आवश्यकता छ।

 

ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी दिए। यस संस्थामार्फत ठूला पूर्वाधार तथा उद्यममा लगानीको अभाव नहुने उनले बताए।

 

उनका अनुसार महासंघले देशको आर्थिक वातावरण सुधारका लागि सुशासन, पारदर्शिता र नीतिगत स्थायित्वलाई प्राथमिकताका रूपमा अघि सारेको छ।

 

 साथै, लामो समयदेखि समाधान नआएको ट्रंक र डेडिकेटेड लाइनको समस्या समाधानका लागि सरकारसँग सहमतिको प्रयास भइरहेको उनले उल्लेख गरे।

 

ढकालले जिल्ला–नगर वाणिज्य संघहरूको मागअनुसार महासंघको विधान संशोधन गरी दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै, यसबाट स्थानीय संघहरू सशक्त र लाभान्वित हुने विश्वास व्यक्त गरे।

 

उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल रहेको भन्दै, त्यसका लागि महासंघ निरन्तर सहकार्य र साझेदारीमा तयार रहेको स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.