logo

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेशलाई निरन्तरता

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १४ गते ०५: २४ मा प्रकाशित     555   पटक पढिएको

काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

 

न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासले बिहीबार सुनुवाइ गर्दै, यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश जारी गरेको हो।

 

यस अदालतबाट २०८२ कात्तिक ११ गतेमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ,अदालतको आदेशमा भनिएको छ। प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको सुनुवाइ यथाशीघ्र हुनुपर्ने देखिँदा सो प्रयोजनका लागि पेसी स्थगन गर्न नपाउने गरी आगामी मङ्सिर १४ गते पेसी तोकिएको छ।”

 

यसअघि न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। बिहीबारको इजलासमा दुवै पक्षबीच छलफल गरी सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

 

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई मन्त्रिपरिषद्ले गत असोज २३ गते आयोग र त्यसअन्तर्गतका जिल्ला समिति खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए।

 

आयोग खारेज गर्ने निर्णयले देशभरका करिब १२ लाख सुुकुम्बासी परिवारहरू पुनः अनिश्चिततामा परेका छन्। तीमध्ये धेरैजसो परिवार वर्षौंदेखि सरकारी वा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन्।

 

भूमि समस्या समाधान आयोगले यी परिवारहरूको तथ्यांक संकलन गरी आवास अधिकार सुनिश्चित गर्न जग्गा वितरणको प्रक्रिया अघि बढाएको थियो। आयोग खारेज भएपछि उक्त प्रक्रिया स्थगित हुँदा हजारौँ परिवारको पुनर्स्थापना योजना रोकिएको छ।

 

आयोगका अध्यक्ष रिजालका अनुसार, “भूमिहीन र सीमान्तकृत परिवारलाई आफ्नो भूमि र घर उपलब्ध गराउने उद्देश्यले आयोग गठन गरिएको थियो। आयोग खारेज हुनु भूमिहीन नागरिकमाथिको अन्याय हो।”

 

स्थानीय सुुकुम्बासी प्रतिनिधिहरूले पनि आयोग पुनःस्थापनाको माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, “राज्यले भूमि अधिकार सुनिश्चित नगरेसम्म सामाजिक न्याय सम्भव छैन।”

आयोगका तथ्यांकअनुसार, देशभर करिब १२ लाखभन्दा बढी सुुकुम्बासी परिवार जग्गाविहीन छन्। तिनमध्ये धेरैजसो मधेस, तराई र उपत्यकाका नगर क्षेत्रका वरिपरि बसोबास गर्दै आएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.