logo

धनतेरशको पूर्वसन्ध्यामा जनकपुरमा झडप, प्रहरीले हान्यो गोली र अश्रुग्यास, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते १०: २८ मा प्रकाशित     425   पटक पढिएको

जनकपुरधाम । तिहारको पूर्वसन्ध्यामा जनकपुरधाममा तनाव सिर्जना भएको छ। जनकपुरधामको सोनारपट्टीस्थित संजय ठाकुरले सञ्चालन गरेको नयाँ ज्वेलर्समा गएराति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो।

goli-prahar.jpg

झडपका क्रममा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो।

घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।  प्रहरी तर्फ पनि १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिए।

 

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रयोग गरिएको छ। उनका अनुसार विशेष सूचनाका आधारमा राति करिब ८ बजे प्रहरी सिभिल पोसाकमै सोनारपट्टी पुगेको थियो।

 

“ज्वेलर्सबाट बिल–विजकबिनै करिब सात किलो चाँदी बरामद गर्‍यौं,” डिएसपी बमले भने, “त्यसपछि सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाएर मुचुल्का गर्ने तयारीमा थियौं, तर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीसहित केही व्यवसायी आक्रामक बनेपछि झडप भयो।”

 

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीको सरुवा भइसकेको र डिएसपी बम कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेको पनि प्रहरीले जनाएको छ।

 

व्यवसायीको आरोप ,‘धनतेरशअघि प्रहरीले आतंक मच्चायो

 

उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले भने धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले अनावश्यक रूपमा व्यवसायीमाथि आतंक सिर्जना गरेको आरोप लगाए।

 

उनका अनुसार संजय ठाकुर पहिला कालीगढको रूपमा गहना बनाउने व्यक्ति हुन्, जसले हालसालै नयाँ ज्वेलर्स खोलेका थिए।

WhatsApp-Image-2025-10-17-at-10.44.38-PM.jpeg

“पहिले सिभिल ड्रेसमा आएका प्रहरीले पायल बनाउने बहानामा पसलभित्र प्रवेश गरे र चाँदी दिन दबाब दिए,” पण्डितले भने, पछि २०–२५ जना प्रहरी आएर चाँदी लैजान खोजेपछि व्यवसायीले विरोध गरे, त्यसपछि प्रहरीले लाठीचार्ज, हवाइ फायर र अश्रुग्याससमेत प्रहार गर्‍यो।”

 

त्यही क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएको उनले बताए। पण्डितले प्रहरीद्वारा गरिएको कार्यप्रति आपत्ति जनाउँदै चेतावनी दिए,

 

समन्वयबिनै छापा , प्रशासनलाई जानकारी नै थिएन

 

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने उक्त छापाबारे आफूलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे।

 

“राजश्व अनुसन्धानको सूचनामा प्रहरी गएको सुनेको हुँ, तर आधिकारिक रूपमा जानकारी गरिएको छैन,” उनले भने, “यदि सशस्त्र प्रहरी र प्रशासनसँग समन्वय गरेर छापा मारिएको भए अझ प्रभावकारी हुन्थ्यो।”

 

तर डिएसपी बमका अनुसार प्रहरी राजश्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेरै गएको हो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.