logo

५१ करोडको अवैध सम्पत्ति प्रकरणमा अदालतको आदेश, वीरगञ्जका विवादास्पद व्यापारी अग्रवाल गए थुनामा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते ०६: १७ मा प्रकाशित     428   पटक पढिएको

वीरगञ्ज । अवैध रूपमा आर्जन गरिएको ठहर भएको ५१ करोड रुपैयाँभन्दा बढी सम्पत्तिसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले विवादास्पद व्यापारी निरञ्जन कुमार अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

 

 अदालतको आदेशपछि अग्रवाललाई वीरगञ्ज कारागार चलान गरिएको हो।

मौलेश्वर कुमार सिंह राजपुतको निबेदनमा दायर सम्पत्ति शुद्धीकरण मुद्दा नं। ०८२–८१–०२०९ मा अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ८० बमोजिम अग्रवाललाई थुनामा राख्ने आदेश दिएको हो।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार, लामो अनुसन्धानपछि अग्रवालले झुट्टा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेको र त्यसपछि श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएको प्रमाण फेला परेको हो।

 

दम्पतीले नागरिकता प्राप्त गरेपछि विभिन्न नाम र माध्यम प्रयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको विभागले  ठहर गरेको छ।

नेपाल सरकार वादी र निरञ्जन कुमार अग्रवाल प्रतिवादी रहेको यस मुद्दामा अदालतको आदेशसँगै प्रकरणले नयाँ मोड लिएको छ।

 

अदालतको निर्णयपछि विभागले अग्रवाल परिवारको सम्पत्तिबारे थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.