logo

वीरगंजमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम संचालन, दीपल एस ०५ सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: ३९ मा प्रकाशित     411   पटक पढिएको

वीरगंज । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले वीरगंजमा आफ्नो नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याएको छ। शोरुममार्फत नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको बिक्री, वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।

 

शोरुम उद्घाटनको अवसरमा कम्पनीले लक्जरी, स्टाइल र अत्याधुनिक टेक्नोलोजीले भरिएको इलेक्ट्रिक एसयूभी दीपल एस०५ पनि सार्वजनिक गरेको छ। वीरगंजको होटेल क्लार्कमा आयोजना गरिएको एक भब्य कार्यक्रममा ईभी गाडी सार्वजनीक गरिएको हो ।

 

वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारयण सुवेदी , शसस्त्र प्रहरीका डिआइजी दीपेन्द्रशाह, नायिका निती शाह,  वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, साथै नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाल, निर्देशक संजय अग्रवालले संयुक्त रूपमा दीपल एस ०५ लाई सार्वजनीक गरेका थिए।

 

दीपल एस०५  लक्जरी, आराम र प्रविधिको संयोजन

 

केही महिनाअघि नेपालमा सार्वजनिक भएको दीपल एस०५ छोटो समयमै बजारमा चर्चित बनेको मोडेल हो। यसमा विश्वकै ठूला ब्याट्री निर्माता सीटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।० जडान गरिएको छ, जसको चार्जिङ साइकल ५ हजार(६ लाख किलोमिटर) रहेको छ।

 

गाडीका दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड छन्। साथै, क्विन कोपाइलट सिटले जिरो ग्राभिटी, लेग सपोर्ट र वान–टच नेप मोडमार्फत यात्रामा अत्यधिक आराम प्रदान गर्छ।

 

दीपल एस०५मा सेग्मेन्ट(एक्स्क्लुसिभ ‘रिमोट इन–एन्ड–आउट पार्किङ’ सुविधा छ, जसले साँचोको प्रयोग गरेर गाडी सजिलै अगाडि–पछाडि सार्न सकिन्छ। साथै, यसमा सेग्मेन्टमै पहिलो ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ र १४।४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ। इन्टरनेट कनेक्टिभिटीले ड्राइभिङ अनुभव अझ आधुनिक बनाएको छ। 

चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम

कम्पनीले वीरगञ्जमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यसमा ग्राहकहरूले दीपलका विभिन्न मोडलहरू जस्तै दीपल एस०७ आईसीए, दीपल एल०७, अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

May be an image of car and text that says 'DEEPAL MAW |楽 VRIDDHI ON THE OCCASION OF OPENINGOF OF DEEPAL BIRGUNJ SHOWROOM TEST DRIVE & EVENT EXCHANGE 30 ASOJ TO 2 KARTIK, 2082 BAHAURI 14, NEAR GANDAK CHOWK DEEPALSOS'

एक्सचेन्ज कार्यक्रममा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको मूल्याङ्कन, निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर प्राप्त गर्ने अवसर पाउने छन्।

 

दीपलको नयाँ शोरुम र एस०५ सार्वजनिकले वीरगंजमा इलेक्ट्रिक सवारी साधनको बजारलाई थप गति दिने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.