वीरगंज । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले वीरगंजमा आफ्नो नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याएको छ। शोरुममार्फत नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको बिक्री, वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।
शोरुम उद्घाटनको अवसरमा कम्पनीले लक्जरी, स्टाइल र अत्याधुनिक टेक्नोलोजीले भरिएको इलेक्ट्रिक एसयूभी दीपल एस०५ पनि सार्वजनिक गरेको छ। वीरगंजको होटेल क्लार्कमा आयोजना गरिएको एक भब्य कार्यक्रममा ईभी गाडी सार्वजनीक गरिएको हो ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारयण सुवेदी , शसस्त्र प्रहरीका डिआइजी दीपेन्द्रशाह, नायिका निती शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, साथै नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाल, निर्देशक संजय अग्रवालले संयुक्त रूपमा दीपल एस ०५ लाई सार्वजनीक गरेका थिए।
दीपल एस०५ लक्जरी, आराम र प्रविधिको संयोजन
केही महिनाअघि नेपालमा सार्वजनिक भएको दीपल एस०५ छोटो समयमै बजारमा चर्चित बनेको मोडेल हो। यसमा विश्वकै ठूला ब्याट्री निर्माता सीटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।० जडान गरिएको छ, जसको चार्जिङ साइकल ५ हजार(६ लाख किलोमिटर) रहेको छ।
गाडीका दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड छन्। साथै, क्विन कोपाइलट सिटले जिरो ग्राभिटी, लेग सपोर्ट र वान–टच नेप मोडमार्फत यात्रामा अत्यधिक आराम प्रदान गर्छ।
दीपल एस०५मा सेग्मेन्ट(एक्स्क्लुसिभ ‘रिमोट इन–एन्ड–आउट पार्किङ’ सुविधा छ, जसले साँचोको प्रयोग गरेर गाडी सजिलै अगाडि–पछाडि सार्न सकिन्छ। साथै, यसमा सेग्मेन्टमै पहिलो ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ र १४।४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ। इन्टरनेट कनेक्टिभिटीले ड्राइभिङ अनुभव अझ आधुनिक बनाएको छ।
चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम
कम्पनीले वीरगञ्जमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यसमा ग्राहकहरूले दीपलका विभिन्न मोडलहरू जस्तै दीपल एस०७ आईसीए, दीपल एल०७, अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५को टेस्ट ड्राइभ गर्न सक्नेछन्।
एक्सचेन्ज कार्यक्रममा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको मूल्याङ्कन, निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर प्राप्त गर्ने अवसर पाउने छन्।
दीपलको नयाँ शोरुम र एस०५ सार्वजनिकले वीरगंजमा इलेक्ट्रिक सवारी साधनको बजारलाई थप गति दिने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया