logo

क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता छः अध्यक्ष लाठ

      7/2/2021 गते 00 00 मा प्रकाशित     639   पटक पढिएको

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीरगंज उधोग वािण्ज्य सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ ।

 

जनकपुर उधोग वाणिज्य संघ र बीरगंज उधोग वाणिज्य संघका पदाधिकारी वीचको अन्तक्रियामा उहाँले यस्तो बताउनु भएको हो । उहाँले  उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । 

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सदस्यहरुवीच सङ्घकै सभाकक्षमा भेटघाट एवम् अन्तरक्रिया भएको हो । 


वीउवासङ्घका कार्यवाहक  अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे चर्चा गर्नु भयो ।

उहाँले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याउनु भयो । 


यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो सङ्घको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राख्नुभयो ।

 

उहाँले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिन्छ त्यस्ता मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने बताउनुभयो ।

 

उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताउनुभयो । 

 

वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीउवासङ्घ र जनकपुर उवासङ्घका पदाधिकारी, र सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.