logo

निर्यात अनुदान प्रक्रियामा रोक लगाउने उद्योग विभागको निर्णय फिर्ता लिन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको माग

 इसीमाना सम्वाददाता     २०८२ असोज २४ गते ०७: ५५ मा प्रकाशित     187   पटक पढिएको

वीरगंज ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपाल सरकार उद्योग विभागले गत आर्थिक वर्षको निर्यात अनुदान आवेदन प्रक्रिया रोक्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

 

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकारले विगतका वर्षहरूमा निर्यात प्रवर्द्धनका लागि केही वस्तुहरूमा अनुदान दिने नीति अवलम्बन गरेपछि ती वस्तुहरूको निर्यातमा उल्लेखनीय वृद्धि भएको थियो।

 

 

 तर, विभागले मिति २०८२ असोज २३ गते “आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाउने आवेदनहरू यस वर्ष प्रक्रिया नगर्ने” भनी सूचना जारी गरेको विषयप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

 

विज्ञप्तिमा भनिएको छ, “भूपरिवेष्टित मुलुक नेपालका निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न असहज परिस्थिति, आर्थिक मन्दी र राजनीतिक संक्रमणबीच पनि निर्यातलाई निरन्तरता दिइरहेका छन्। यस्तो समयमा विभागको निर्णयले निर्यातकर्ताको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्नेछ र सरकारले अवलम्बन गरेका नीतिप्रति उद्योगी–व्यवसायीहरूमा अविश्वास बढ्न सक्छ।”

 

सङ्घले उक्त सूचनाको पुनर्विचार गरी आर्थिक वर्ष २०८१/८२ का निर्यातकर्ताहरूलाई स्वःघोषणा सहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन बुझाउने म्याद थप गर्न माग गरेको छ।

 

त्यससँगै, हालको वित्तीय सङ्कट, संक्रमणकालीन अवस्था र असहज आर्थिक परिस्थिति मध्यनजर गर्दै सरकारले गत आर्थिक वर्षको  बक्यौता देखिएको निर्यात अनुदान बराबरको बण्ड जारी गरी निर्यातकर्ताको संरक्षण र प्रोत्साहनका लागि पहल गर्न  सङ्घले जोड दिएको छ।

 

अध्यक्ष गौतमले नेपाल सरकारलाई निर्यात प्रवर्द्धन, औद्योगिक विकास र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउने निर्यातकर्ताको हितमा निर्णय लिन आग्रह गर्दै, “सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र संवाद नै आर्थिक स्थायित्वको मुख्य आधार हो,”
भनेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.