logo

लोकतन्त्रको उपहास, पर्साका आधादर्जन स्थानीय तहले गरे जनताको अधिकार र विश्वासमाथि कुठाराघात

 इसीमाना सम्वाददाता     २०८२ असोज ४ गते ०२: ३१ मा प्रकाशित     597   पटक पढिएको

असोज ।चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्साका आधा दर्जनभन्दा बढी स्थानीय तहले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन। 

 

आर्थिक वर्षको प्रारम्भमै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न नसक्दा स्थानीय तहका कर्मचारीहरूको तलब–भत्ता, विकास निर्माणका काम र दैनिक सेवा–सुविधा प्रभावित भएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार जिल्लाका १४ पालिकामध्ये नौ वटा पालिकाले अझै खाता सञ्चालनमा ल्याउन सकेका छैनन।

 

 निर्धारित समयमै नीति–कार्यक्रम र बजेट पारित गर्न ढिलाइ गर्नु, गाउँरनगरसभा मार्फत निर्णय भएको बजेट कागजात कार्यालयमा नपठाउनु, प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिनु जस्ता कारणले बैंक खाता सञ्चालनमा ढिलाइ भएको हो।

प्रभावित पालिका

हालसम्म खाता सञ्चालन हुन नसकेका पालिकामा विन्दवासिनी, कालिकामाई, जगरनाथपुर, जिराभवानी, धोविनी, ठोरी, पकहाँ मैनपुर, सखुवा प्रसौनी र बहुदरमाई नगरपालिकासमेत छन।


त्यस्तै, वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, छिपहरमाई गाउँपालिका र पर्टेवासुगौली गाउँपालिकाले भने खाता सञ्चालन गरिसकेका छन।

लोकतन्त्र र सुशासनमाथि प्रश्नचिन्ह

स्थानीय तहलाई जनताको सरकार भनिए पनि बैंक खाता सञ्चालनमै ढिलाइ हुनु लोकतान्त्रिक अभ्यास र सुशासनको पक्षमा गम्भीर प्रश्न खडा भएको छ।


लोकतन्त्रको सार जनप्रतिनिधि र जनताबीचको जवाफदेही सम्बन्ध हो। तर बजेट कार्यान्वयनमा ढिलाइ, कानुनी प्रक्रिया बेवास्ता र प्रशासनिक निष्क्रियता देखिँदा नागरिकले अपेक्षा गरेको सेवा र विकास कार्य प्रभावित भएको छ।

 

विशेषज्ञहरू भन्छन्  स्थानीय तहहरू लोकतन्त्रको आधारशिला हुन्। त्यहाँ पारदर्शिता, जवाफदेही र कार्यक्षमता देखिनु पर्ने हो। तर बैंक खाता सञ्चालन जस्तो आधारभूत काममै असफल हुनु, जनताको अधिकार र विश्वासमाथि कुठाराघात हो।


पर्साका पालिकाहरूमा देखिएको यो अवस्था केवल प्रशासनिक कमजोरी मात्र नभई लोकतन्त्रकै अभ्यासमा देखिएको दुर्बलता हो। यदि समयमै सुधार नगर्ने हो भने जनताले चुनेका सरकारप्रति विश्वास गुमाउने खतरा बढ्ने विश्लेषकहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.