logo

राजस्व बुझाउन  सिमेन्ट उद्योगलाई मधेश सरकारले गर्यो पत्राचार

 इसीमाना सम्बाददाता     २०८२ भदौ ६ गते ०६: ३३ मा प्रकाशित     853   पटक पढिएको

 जनकपुरधाम । मधेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरूलाई राजस्व बुझाउन पत्राचार गरेको छ।

 

प्रदेश सरकारको हिस्सा पर्ने राजस्व प्रदेश सञ्चित कोषमा दाखिला गर्न अर्थ मन्त्रालयले पत्राचार गरेको हो।

 

अर्थ मन्त्रालयका अनुसार पर्साका विश्वकर्मा, जगदम्बा, आरएमसी र नारायणी सिमेन्ट, बाराका अम्बे र नेपाल सालिमार सिमेन्ट, सिरहाका सौर्य र मारुती सिमेन्ट तथा धनुषाको कशमस सिमेन्टलाई पत्र पठाइएको छ।

 

मधेश प्रदेश आर्थिक ऐन, २०८२ अनुसार प्रदेशभित्रका सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टको निकासी गर्दा प्रतिबोरा (५०) केजी)को  एक रुपैयाँ दरले ‘वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर’ बुझाउनुपर्ने व्यवस्था छ।

 

मधेश प्रदेश आर्थिक ऐन, २०८२ को दफा १० को उपदफा (१) मा मधेश प्रदेशभित्र रहेका सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले राजस्व बुझाउनु पर्ने ब्यवस्था गरेको छ ।

 

यस्तै, आर्थिक वर्ष २०८१र८२ को शुल्क पुस मसान्तभित्र बुझाएमा अघिल्ला वर्षका वातावरण प्रदूषण शुल्क र जरिवाना छुट हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

 

बाँकी शुल्क घरेलु तथा साना उद्योग कार्यालयमा समयमै दाखिला नगरे नियमानुसार कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.