logo

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

 इसीमाना सम्बाददाता     २०८२ असार १९ गते ०२: ०१ मा प्रकाशित     945   पटक पढिएको

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

 

उनको वीरगंजको एल एस न्यूरो अस्पतालमा उपचार भइरहेको उधोग प्रशासनले जनाएको छ । बिसफोटबाट अन्य मानवीय क्षती नभएको उधोगले जनाएको छ । तर भौतीक क्षतीको लेखा जोखा भने हुन बाँकी रहेको जनाएको छ । 

 


उधोगले कतिपय संचार माध्यमले घटनाका सम्बन्धमा तथ्य भन्दा बढ्ता अझ अफवाहपूर्ण समाचार सम्प्रेशण गरेकोमा उधोगले असन्तोष जनाउदै तथ्य सम्प्रेषणको अपिल गरेको छ । 

 

जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र रहेको सि.सि. एम. प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टिमा  अचानक आगलागि भई पड्किएको उधोगले जनाएको छ ।

 

  घटना बारे  उधोग प्रशासनले पनि  अनुसन्धान गरिरहेको बिहिवार एक बिज्ञप्ती मार्फत  जनाएको छ । 


प्रतिष्ठानले  सम्वेदनशिल विषयमा आधिकारिक श्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगरिदिनुहुन पनि सम्पुर्ण सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपिल गरेको छ ।

 

साथै प्रतिष्ठानले  हिजोको घटनाले समाजमा पर्न गएको असहज अवस्थाप्रति दुख प्रकट समेत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.