इसीमाना सम्वाददाता
२०८२ असार १७ गते ०१: ५२ मा प्रकाशित
1429 पटक पढिएको
मकवानपुर । कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरि झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७ सय १४ ग्रामसहित हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगर , धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम सहित पक्राउ गरेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
तपाईको प्रतिक्रिया