logo

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: ३७ मा प्रकाशित     1611   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

वीरगञ्जको परवानीपुर चोकबाट ३१९ केजी चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई  पनि प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँच गर्दा ठूलो परिमाणमा चरेस फेला परेको हो।

 

पर्सा प्रहरी प्रमुख गौतम मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त चरेस भारततर्फ तस्करी गर्न लागिएको शंका गरिएको छ।

उनको साथबाट  १ लाख ९२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 


प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालक स्याङ्तानले उक्त चरेश धादिङबाट लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको बयान दिएका छन्।

 

पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक मिश्रले चरेश, गाँजा, अफिम लगायतका लागुऔषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी सक्रिय रहेको र यसैको नतिजास्वरूप यति ठूलो मात्रामा चरेश बरामद गर्न सफल भएको बताए। उनले लागुऔषध तस्करीको ’चेन ब्रेक’ गर्ने गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सुक्ष्म ढंगले छानबिन भइरहेको जानकारी दिए।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.