logo

सशस्त्र प्रहरीद्वारा चालीस लाख बराबरको इलेक्ट्रोनिक सामग्री बरामद

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०५: १० मा प्रकाशित     394   पटक पढिएको

वीरगन्ज । सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराले ४० लाख रुपैयाँ बराबरको ठूलो परिमाणमा इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ ।

 

भारतबाट नेपालमा अवैध रूपमा भित्र्याइँदै गरेको इलेक्ट्रोनिक सामग्री सशस्त्र प्रहरीले बरामद गरको हो  छ।

 

शनिबार बिहान बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिङ साइटनजिकको बाटोबाट साइकलमा लोड गरी ल्याउँदै गर्दा उक्त सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति खुमबहादुर के.सी.ले जानकारी दिए।

 

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज बिष्टको कमान्डमा खटिएको टोलीले बिहान करिब साढे ५ बजेको समयमा शंकास्पद रूपमा साइकलमा सामान ल्याउँदै गरेको एक व्यक्तिलाई रोक्ने प्रयास गरेको थियो।

 

 तर, प्रहरीलाई देख्नेबित्तिकै उक्त भरिया साइकल छाडेर फरार भएको थियो। यसबाट शंका बढेपछि प्रहरीले साइकलमाथि थप जाँच गर्दा अवैध सामग्री फेला परेको हो।

 

बरामद गरिएका सामग्रीहरूमा विभिन्न ब्राण्डेड कम्पनीका ९५ थान एयरपोड प्रो र १६० थान टेम्परग्लास रहेका छन्। यी सामग्रीहरूको कुल बजार मूल्य करिब ३९ लाख ९२ हजार रुपैयाँ रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.