logo

नव निर्वाचित अध्यक्ष गौतमलाई टोलबासीद्वारा बधाई ज्ञापन,समाजकोलागि काम गर्न दिए सुझाव

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १ गते ०५: १३ मा प्रकाशित     663   पटक पढिएको

वीरगंज । वीरगंज उधोगा वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हरि गौतमलाई  पिप्राको नयाँबस्तीमा रहको टोल बिकास समितिले आज एक कार्यक्रमकावीच बधाई ज्ञापन गरेको छ ।


अध्यक्षमा निर्वाचित गौतम टोल बिकास समितिको पनि अध्यक्ष हुन । गौतम वीरगंज उधोग वााणिज्य संघमा निर्वाचीत भएकोमा टोलबासीले खुशी ब्यक्त गरेका छन ।

टोल बिकास संस्थाले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष गौतमलाई बधाई ज्ञापन गरिएको हो ।


कार्यक्रममा वीरगंज महानगरपालिकाका संस्थापक नगरप्रमुख बिजय कुमार सरावगीले गौतम आफैमा अनुभवी, निडर निर्भिकतापूर्व प्रस्ुतत हुन सक्ने भएकोले वीरगंज उधोग वाणिज्यसंघले उधोगी ब्यवसायीको हितमा परिणामुलक काम गर्ने बिश्वास ब्यक्त गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले वीरगंज उधोग वााणिज्यसंघको नेतृत्वमा रहदा वीरगंजको सामाजिक जनजीवनमा सकारात्मक परिर्वतन ल्याउने कुरामा संघले आफनो पेशागत कार्यक्रम भन्दा बहिर गएर पनि पहल लिने बिश्वास ब्यक्त गरे ।

May be an image of 14 people

संयोजक लामिछानेले वीरगंजको सभ्याता सांस्कृतिक सम्पदा र समाजको स्तरीकरणको क्षेत्रमा प्रभावकारी छाप छोडन गौतमको नेतृत्वमा रहेको संघले काम गर्ने बिश्वस ब्यक्त गरे । 


कार्यक्रममा डा.कृपासिन्धु चौधरी ,डा.अशोक दास, अरुण झा लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । 


अध्यक्ष गौतमले समाजले अपेक्षा गरेको कुरालाई पुरा गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले पेशागत काम त गर्नु पर्छ नै समाजले  पनि केही दिशा निर्देशन हुने गरि काम गर्ने आफ्नो योजना रहेको सुनाए ।


कार्यक्रमको संचालन संस्थाका सचिव ऋषिराज सत्यालले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.