logo

मधेश प्रदेश सरकारको नौ महिना आर्थिक खर्चका हिसावले चरम निराशाजनक,बिकास बजेट जम्मा ४ प्रतिशत खर्च

 इसीमाना सम्वाददाता     २०८१ चैत २३ गते ०९: ३० मा प्रकाशित     418   पटक पढिएको

वीरगंज । मधेश प्रदेश सरकारको बजेट खर्च चालुआर्थिक वर्षको ९ महिनामा निकै निराशाजनक रहेके छ ।

 

यो नौ महिनामा कुल बजेटको पौने ११ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकालागि ४१ अर्ब ९३ हजार ३८ लाख २० हजार बजेट छुट्याएको थियो । 

चालु आर्थिक वर्षको चैत महिनाको १९ गते सम्म मधेश प्रदेश सरकारले चालु तर्फ करिब साढे २१ प्रतिशत र पूजीगत तर्फ जम्मा साढे ४ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयलेनै अपेक्षा अनुसार बजेट खर्च नभएको जनाएको छ । प्रदेश सभामा प्रस्तुत बजेटमा रहेको कमजोरी स्चयाउन संकल्प प्रस्ताव मार्फत अगाडि बढेकोले खर्च बढ्ने बताइएको छ । 


चालु आर्थिक वर्षमा प्रदेशसभा सचिवालयका लागि ४८ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १८ करोड ६५ लाख १५ हजार ९५ रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, १२ करोड २६ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश लोकसेवा आयोगले ४१ लाख ७३ हजार ५८ रुपैयाँ खर्च गरेको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले कुल बजेट ३ करोड ४२ लाख रुपैयाँमध्ये अहिलेसम्म १ करोड ३६ लाख ३७ हजार ७१४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका लागि  छुट्याइएको ५३ करोड ८ लाख ५३ हजार रुपैयाँमध्ये १९ चैतसम्म ७ करोड २ लाख ६५ हजार ६४४ रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले विनियोजित २३ करोड ७४ लाख ३५ हजार रुपैयाँमध्ये हालसम्म ६ करोड ४२ लाख ९८ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँमध्ये १६ करोड १२ लाख ४९ हजार ६५ रुपैयाँ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ७९ करोड १९ लाख रुपैयाँ बजेटमध्ये २७ करोड १० लाख ७९ हजार ४०६ रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका लागि ५ अर्ब २५ करोड ९६ लाख २२ हजार रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ५६ करोड ५० लाख ४९ हजार र गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि विनियोजित ७७ करोड ५७ लाख ४ हजार रुपैयाँमध्ये १२ करोड ५२ लाख २३ हजार ७७४ रुपैयाँ मात्र खर्च भएको छ ।

वन तथा वातावरण मन्त्रालयले २ अर्ब ४२ करोड ६० लाख २५ हजार रुपैयाँको विनियोजित बजेटमध्ये ७२ करोड २७ लाख ५२ हजार २७३ रुपैयाँ खर्च गरेको छ ।

 

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १९ चैतसम्म ६५ करोड ४३ लाख ३५ हजार ८३२ रुपैयाँ खर्च गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि १३ अर्ब २१ करोड २० लाख  ९० हजार ४१२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयले विनियोजित २ अर्ब ९३ करोड ४८ लाख १४ हजार ४४० रुपैयाँमध्ये ३३ करोड ६७ लाख ७१ हजार ३३७ रुपैयाँ बजेट खर्च गरेको छ ।

 

५ अर्ब २१ करोड ६७ लाख ५२ हजार रुपैयाँ कुल बजेट रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९८ करोड १४ लाख ७३ हजार ८२६ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । 

 ९९ करोड ९७ लाख ४८ हजार रुपैयाँ विनियोजित बजेटमध्ये श्रम तथा यातायात मन्त्रालयले हालसम्म १२ करोड ७६ लाख ३५ हजार ९२८ र खेलकुद तथा समाज कल्याण मन्त्रालयले कुल बजेट २ अर्ब ३९ लाख ६२ हजार ५४२ रुपैयाँमध्ये ३ करोड ७० लाख ५३ हजार ७४९ रुपैयाँ मात्रै खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.