logo

मधेश प्रदेश सरकारको नौ महिना आर्थिक खर्चका हिसावले चरम निराशाजनक,बिकास बजेट जम्मा ४ प्रतिशत खर्च

 इसीमाना सम्वाददाता     २०८१ चैत २३ गते ०९: ३० मा प्रकाशित     297   पटक पढिएको

वीरगंज । मधेश प्रदेश सरकारको बजेट खर्च चालुआर्थिक वर्षको ९ महिनामा निकै निराशाजनक रहेके छ ।

 

यो नौ महिनामा कुल बजेटको पौने ११ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकालागि ४१ अर्ब ९३ हजार ३८ लाख २० हजार बजेट छुट्याएको थियो । 

चालु आर्थिक वर्षको चैत महिनाको १९ गते सम्म मधेश प्रदेश सरकारले चालु तर्फ करिब साढे २१ प्रतिशत र पूजीगत तर्फ जम्मा साढे ४ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयलेनै अपेक्षा अनुसार बजेट खर्च नभएको जनाएको छ । प्रदेश सभामा प्रस्तुत बजेटमा रहेको कमजोरी स्चयाउन संकल्प प्रस्ताव मार्फत अगाडि बढेकोले खर्च बढ्ने बताइएको छ । 


चालु आर्थिक वर्षमा प्रदेशसभा सचिवालयका लागि ४८ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १८ करोड ६५ लाख १५ हजार ९५ रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, १२ करोड २६ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश लोकसेवा आयोगले ४१ लाख ७३ हजार ५८ रुपैयाँ खर्च गरेको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले कुल बजेट ३ करोड ४२ लाख रुपैयाँमध्ये अहिलेसम्म १ करोड ३६ लाख ३७ हजार ७१४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका लागि  छुट्याइएको ५३ करोड ८ लाख ५३ हजार रुपैयाँमध्ये १९ चैतसम्म ७ करोड २ लाख ६५ हजार ६४४ रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले विनियोजित २३ करोड ७४ लाख ३५ हजार रुपैयाँमध्ये हालसम्म ६ करोड ४२ लाख ९८ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँमध्ये १६ करोड १२ लाख ४९ हजार ६५ रुपैयाँ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ७९ करोड १९ लाख रुपैयाँ बजेटमध्ये २७ करोड १० लाख ७९ हजार ४०६ रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका लागि ५ अर्ब २५ करोड ९६ लाख २२ हजार रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ५६ करोड ५० लाख ४९ हजार र गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि विनियोजित ७७ करोड ५७ लाख ४ हजार रुपैयाँमध्ये १२ करोड ५२ लाख २३ हजार ७७४ रुपैयाँ मात्र खर्च भएको छ ।

वन तथा वातावरण मन्त्रालयले २ अर्ब ४२ करोड ६० लाख २५ हजार रुपैयाँको विनियोजित बजेटमध्ये ७२ करोड २७ लाख ५२ हजार २७३ रुपैयाँ खर्च गरेको छ ।

 

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १९ चैतसम्म ६५ करोड ४३ लाख ३५ हजार ८३२ रुपैयाँ खर्च गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि १३ अर्ब २१ करोड २० लाख  ९० हजार ४१२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयले विनियोजित २ अर्ब ९३ करोड ४८ लाख १४ हजार ४४० रुपैयाँमध्ये ३३ करोड ६७ लाख ७१ हजार ३३७ रुपैयाँ बजेट खर्च गरेको छ ।

 

५ अर्ब २१ करोड ६७ लाख ५२ हजार रुपैयाँ कुल बजेट रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९८ करोड १४ लाख ७३ हजार ८२६ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । 

 ९९ करोड ९७ लाख ४८ हजार रुपैयाँ विनियोजित बजेटमध्ये श्रम तथा यातायात मन्त्रालयले हालसम्म १२ करोड ७६ लाख ३५ हजार ९२८ र खेलकुद तथा समाज कल्याण मन्त्रालयले कुल बजेट २ अर्ब ३९ लाख ६२ हजार ५४२ रुपैयाँमध्ये ३ करोड ७० लाख ५३ हजार ७४९ रुपैयाँ मात्रै खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.