logo

बैंकबाट लिएको ऋण नतिरेपछि नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की कालोसूचीमा

 इसीमाना सम्वाददाता     २०८१ चैत ८ गते ०४: २६ मा प्रकाशित     465   पटक पढिएको

काठमाडौं। नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की कालोसूचीमा परेका छन्। सांसद कार्कीले एकाघर परिवारभित्रका विभिन्न चार कम्पनी धितो राखेर साविकको एनसीसी (हाल कुमारी) बैंकबाट ४५ करोड रुपैयाँ ऋण लिएर बारम्बार ताकेता गर्दा पनि नतिरेका हुन्। 


नवलपरासी (वर्दघाट सुस्तापूर्व ) बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका कार्कीले आफ्नो एकाघर परिवारभित्र रहेका मनकामना इँटा उद्योग, न्यू मनकामना इँटा कारखाना प्रालि, न्यू मनकामना मिलर प्रोडक्ट प्रालि र रोडिज अटोमार्ट प्रालि धितो राखेर ऋण लिएका थिए।

 

रोडिज अटोमार्ट प्रालिबाहेक अन्य तीन कम्पनीमा कार्की सञ्चालक रहेका छन्। रोडिज अटोमार्ट प्रालिमा उनको एकाघरभित्रका तीन सञ्चालक रहेका छन्।


१० वर्ष अगाडि तत्कालीन एनसीसी बैंकबाट व्यावसायिक प्रकृतिको कर्जा लिएका कार्कीले प्रतिनिधिसभा सांसद हुनुभन्दा अगाडिसम्म नियमितरुपमा किस्ता भुक्तानी गर्दै आएका थिए। तर प्रतिनिधिसभा सांसदमा निर्वाचित भएसँगै कार्कीले कर्जाको साँवा ब्याज नतिरेका हुन्।

नियमित ऋण नतिरेपछि भुक्तानी गर्नका लागि भन्दै बैंकको सिद्धार्थनगर शाखाले पहिलो ३५ दिने सूचना २०७९ पुस २२ गते नै निकालेको थियो। त्यसपछि २०८० साउन ३ गते १५ दिने दोस्रो सूचना प्रकाशित गरेको थियो। उनले ऋण नतिरेपछि बैंकले कालोसूचीमा राखेको हो।

बैंकले पटक(पटक ताकेता गरेपनि सांसद कार्की सम्पर्कमा आउन चाहेनन्।

 

कार्की ऋण तिर्नका लागि दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि बैंकले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै धितो सकारेर कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखेको हो। 

बैंकले सकारेको धितो बिक्री गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

उक्त व्यवस्थाअनुसार बैंकले आफ्नो नाममा आएको धितो बिक्रीको प्रयास गर्दा सांसद कार्की बाधक बनिरहेको बैंकका रिकभरी विभाग प्रमुख भुपेन्द्र पाण्डेले बताएका छन्। 

राजनीतिक शक्किका आडमा कार्कीले बैंकलाई धितो लिलामी गर्न नदिएको बताइएको छ। उनले व्यावसायिक प्रयोजनका लागि भनेर कर्जा लिएपनि घरजग्गामा लगानी गरेको अनुमान छ।

 

विगत दुई वर्षयता घरजग्गा कारोबार मन्दीको अवस्थामा रहेकाले उनले ऋण नतिरेको हुनसक्ने देखिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.