logo

ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियोः अध्यक्ष पोख्रेल

 इसीमाना सम्वाददाता     २०८१ पौष २६ गते ०८: ४७ मा प्रकाशित     897   पटक पढिएको

वीरगंज ।वीरगंज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले संचारमाध्यमलाई तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन ।

 संचारमाध्यमका आएका समाचारले मान्छेको चरित्रमाथि गम्भिर सवाल उत्पन्न हुने भन्दै उनले समाचार तथ्यपूर्ण हुनु पर्ने बताएका हुन ।

 

इसीमाना डटकम संग कुरा गर्दै अध्यक्ष पोख्रेलले पत्रकारिता राज्यको चौथो अंगको रुपमा सम्मानीत रहेकोले यो सम्मानीत पेशा नियोजित र आग्रहपाूर्ण हुन नहुने बताए ।


उनले केही संचार माध्यमले तथ्य नबुझि समाचार प्रकाशन गरेको र त्यसले अन्यौलता सृजना गरेको भन्दै यस्तो अभिब्यक्ति दिएका हुन । एउटाले समाचार लेख्ने अर्कोले कपीपेष्ट गर्ने प्रवृति पनि बढेको प्रति उनले चिन्ता ब्यक्त गरेका छन । उनले चरित्र हत्या गर्नेगरि काम गर्न नहुने बताएका छन । 

उनले सुनौलो साझा ढुवानी सेवा मार्फत एक व्यापारीले २२ पोका कपडा वीरगंज भन्सारबाट राजस्व तिरी लगेको र सोही सामान डेलिभरी दिन पिकअपमा ११ पोका लोड गरी लैजाने बेलामा ललितपुर जिल्लामा कार्यरत एक घुमुवा महिला प्रहरीको टोली आई पिकअप लैजान खोज्दा ट्रान्सपोर्टको स्टाफले लाने भए २२ पोका माल लानुस आधा लानु हुन्छ आधा यही छोडे पछि गडबड हुन्छ भनि प्रतिवाद गरेको उनले बताए । 


यहि कुराको बिबाद राजस्व अनुसन्धान बिभागमा पुगे पछि बिभागले बिहीबार सशस्त्र प्रहरीको एक टोली पठाइ गोदाम निगरानीमा राखेर ट्रान्सपोर्ट भित्र रहेको ११ पोका सामान एउटा कोठामा राखि आज शुक्रबार ताला साँचो आफ्नो नियन्त्रणमा राखेको हो ।

 

भएको यही नै हो यही कुरा लाई लिएर बंग्याएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले सत्य समाचार प्रकाशन गर्न आग्रह गरेका छन । उनले अरुको नाममा भएको  ट्रान्सपोर्ट जबरदस्ती मेरो भएको देखाएर गलत नियत राखी समाचार सम्प्रेषण भएको बताएका छन । त्यो ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियो यसो गर्नु उचित नभएको पाख्रेलको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.