logo

वीरगञ्जमा एनवाईईएफ र प्रभु क्यापिटलको संयुक्त आयोजनामा शेयरसम्बन्धी आधारभूत तालीम

      2/15/2021 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको

युवा उद्यमीहरूको पहलमा वीरगञ्जमा शेयर बजारसम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र प्रभु क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा शनिबार शेयरसम्बन्धी तालीम भएको हो ।
लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यताबारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो ।

 

वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका बारेमा आधारभूत पक्षका बारेमा जानकारी दिनुभएको थियो ।


तालीमको उद्घाटन समारोहका प्रुमख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले शेयर बजारका लगानीकर्ताले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गर्नुभयो ।


एनवाईईएफका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याउनुभयो । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, नेशनल एकेडेमी कलेज, नेशनल इन्फोटेक, हरिखेतान बहुमुखी क्याम्पसलगायतको साझेदारी थियो । एनवाईईएफका द्वितीय उपाध्यक्ष सन्दिप अग्रवाल, सदस्यहरू विकास ठाकुर, विश्वासप्रताप शाह, आशीष लाठ, मनिषा सुनुवार श्रेष्ठ, काजल सिंह, पंकज अग्रवाल, संकल्प शाक्य, नमिता शाक्यलगायतको कार्यक्रममा सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.