logo

वीरगञ्जमा एनवाईईएफ र प्रभु क्यापिटलको संयुक्त आयोजनामा शेयरसम्बन्धी आधारभूत तालीम

      2/15/2021 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

युवा उद्यमीहरूको पहलमा वीरगञ्जमा शेयर बजारसम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र प्रभु क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा शनिबार शेयरसम्बन्धी तालीम भएको हो ।
लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यताबारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो ।

 

वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका बारेमा आधारभूत पक्षका बारेमा जानकारी दिनुभएको थियो ।


तालीमको उद्घाटन समारोहका प्रुमख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले शेयर बजारका लगानीकर्ताले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गर्नुभयो ।


एनवाईईएफका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याउनुभयो । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, नेशनल एकेडेमी कलेज, नेशनल इन्फोटेक, हरिखेतान बहुमुखी क्याम्पसलगायतको साझेदारी थियो । एनवाईईएफका द्वितीय उपाध्यक्ष सन्दिप अग्रवाल, सदस्यहरू विकास ठाकुर, विश्वासप्रताप शाह, आशीष लाठ, मनिषा सुनुवार श्रेष्ठ, काजल सिंह, पंकज अग्रवाल, संकल्प शाक्य, नमिता शाक्यलगायतको कार्यक्रममा सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.