logo

सानोपाईला सहकारीको १० औं बार्षिकोत्सव सम्पन्न, दुईवटा संस्थालाई आर्थिक सहयोग

      1/16/2021 गते 00 00 मा प्रकाशित     1421   पटक पढिएको

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । आदर्शनगर स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको बार्षिकोत्सवको वीरगन्ज महानगरपालिकाका आर्थिक प्रशासन तथा सहकारी महाशाखाका प्रमुख रामदयाल यादवले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महाशाखा प्रमुख यादवले महानगरपालिपका क्षेत्र भित्रमा १९२ वटा सहकारी संस्थाहरु दर्ता रहेकोमा अहिले १६२ वटा सहकारी संस्थाहरु कृयाशील रहेको र त्यस मध्य सानोपाईला सहकारी संस्थाको पनि प्रगति विवरण संतोषजनक रहेको बताउनुभयो । उहाँले अहिले कृषिक्षेत्रमा आएको ह्रासलाई नियन्त्रण गर्न सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने हुँदा कृषि उत्पादनमा लगानी गर्न सहकारी संस्थालाई सुझाव दिनुभयो ।

सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तसबिरन खातनुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साकी उपसभापति मधु राणा, ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंह, आशाकिरण केन्द्रका महासचिव राजन श्रीवास्तव, सामुदायिक सेवा केन्द्र छप्कैयाका अध्यक्ष ज्ञासुद्दीन ठकुराई, ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतान, सञ्चारकर्मी सुरेश विडारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्दिरा पहाडीले गर्नुभएको थियो भने स्वागत संस्थाका प्रवन्धक अलि असर्रफ सिद्धीकीले गर्नुभएको थियो ।

यसैबीच सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा संस्थालाई आर्थिक सहयोग पनि गरेको छ । सामुदायिक सेवा केन्द्र छप्कैयालाई १५ हजार र आशाको किरण केन्द्रलाई २५ हजार रुपैंया सहयोग गरेको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत खातुनले सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञासुद्दीन ठकुराई र आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवलाई चेक हस्तान्तरण गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.