logo

पहिलो त्रैमासिकमा पनि लक्ष्य अनुसार राजस्व असुल्न बीरगंज भन्सार असफल,भंसार ब्यवस्थापनको उदासिनता प्रमुख कारण

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ५ गते ०६: ४५ मा प्रकाशित     389   पटक पढिएको

वीरगन्ज ।चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न बीरगंज भन्सार असफल भएको छ । भंसार राजस्व असुलीमा निर्धारित लक्ष्य पुरा गर्न नसक्नु बीरगंज भन्सार कार्यलयको नियती बन्दै आएको छ । 


चालु आर्थिक वर्षको पहिलो त्रैमासिककालागि बीरगंज भन्सार कार्यालयले ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । पहिलो त्रैमासिकको आसोज महिनाको अन्त्य सम्ममा ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको छ। असोज महिनामा  सङ्कलन भएको राजस्व, लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए ।


गत आर्थिक वर्षको पहलिो त्रैमासिकमा बीरगंज भन्सारलाई  ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य दिइएको थियो ।

 

त्यती बेला लक्ष्य भन्दा  ३२ प्रतिशत कम राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य कम भएपनि २६ प्रतिशतले असुलीमा कमी आएका छन ।

 

अनधिकृत कारोवारका कारण राजस्व लक्ष्य प्रभावित भएको छ । बीरगंज भन्सार कार्यालय मार्फत हुने संस्थागत तस्करीका कारण राजस्व संकलन प्रभावित भएपनि राजस्व असुली लक्ष्य अनु्रुप बनाउनकालागि भंसार ब्यवस्थापनले कुनै प्रभावकारी कदम नचालेको एक अधिकारीले बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.