logo

नेपाल उधोग वाणिज्य महासंघका पदाधिकारीलाई बीरगंजमा भब्य सम्मान

      12/22/2020 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक समारोह आयोजना गरि निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

 

वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको स्वागत  कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डी.बी. बस्नेत तथा विजय साह समेतको उपस्थिति रहेको थियो ।


नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने बताउँदै महासङ्घलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्य अनुरुप हामी नेतृत्वमा आए लगतै प्रत्येक दिन २ बजे महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासङ्घमा आफ्नो सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाइएको बताउनु भएको थियो । 


वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्यको क्रममा देशका सामु विद्यमान आर्थिक, उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व तथा निजी क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने आर्थिक मुद्दाहरुको चाङ्ग नै छ ।

 

र त्यो थाती रहेको मुद्दाहरुमा हामी मोफसलका उद्यमी, व्यवसायीहरुका स्थानीय समस्या र सरोकार पनि त्यहिं कतै कुनै फाइलमा धुलो खाएर बसिरहेको भन्दै असन्तुष्टि जनाउनु भयो । 


सोही कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्ज महानगरपालिकाले उधोगीहरुकोलागि विशेष योजना ल्याएको बताउनुहुँदै महानगरपालिकाको तर्पmबाट मेयर सरावगीले नेउवामहासङ्घका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई खादा तथा पुष्पगुच्छाले सम्मान गर्नुभयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.