logo

सहकारीको रकम ठगेका राई मलेशियाको आलीशान महलमा, अर्वौको कारोवार

 इसीमाना सम्बाददाता      २०८१ भदौ २० गते १५: १३ मा प्रकाशित     399   पटक पढिएको

बीरगंज । बीरगंजको सानो पाइला ऋण तथा सहकारी संस्था सहितका बिभिन्न सहकारीको ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईलाई खोज्न मलेशिया पुगको नेपाल प्रहरीको टोली रित्तै फर्किएको छ ।

एक साताअघि मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, टोलीले जीबी राईलाई भेट्न सकेको वा नसकेको खुलाएको छैन ।।


बीरंगजको सानो पाइला, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी लगायत विभिन्न सहकारीहरूमा सर्वसाधारणले गरेको बचत हिनामिना गरेको आरोपमा जीबी राईमाथि मुद्दा परेको छ।

 

उनी मलेसियामा बसिरहेको थाहा पाएपछि नेपाल प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर टोली पठाएको थियो। यसअघि पनि कूटनीतिक पहल गरी जीबीलाई नेपाल ल्याउने प्रयास असफल भएको थियो।

राईलाई पक्राउ गर्नकालागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई उनीसँग सम्बन्धित थप कागजातहरू पठाएको छ। इन्टरपोलले पीडित र साक्षीका बयान कागजहरू माग गरेपछि ती कागजात अनुवाद गरी पठाइएको हो।

 

यसअघि अदालती कागजातहरू, पक्राउ पूर्जी र अभियोजनका पत्रहरू इन्टरपोललाई पठाइएको थियो।

प्रहरी स्रोतका अनुसार, जीबी राई मलेसियाको क्वालालम्पुरस्थित देशापण्डनमा ७ करोड रुपैयाँभन्दा बढीको अपार्टमेन्ट खरिद गरी बसोबास गर्दै आएका छन्। मलेसियामा ‘सेकेन्ड होम भिसा’ अवधारणाअन्तर्गत बसिरहेका जीबीले १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको प्रहरीको दाबी छ।

 

मलेसियामा कुनै अपराध नगरेका कारण मलेसियाली सरकारले उनलाई नेपाल फिर्ता गर्न चाहेको छैन।

जीबी राई पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए तर पासपोर्ट रोक्का गरिएको कारण उनलाई फर्काइएको थियो। पछि उनी स्थलमार्ग हुँदै भारत पुगेर मलेसिया भागेका थिए। पोखराको सूर्यदर्शन सहकारीबाट मात्र १ अर्ब ५० करोडभन्दा बढी ठगी गरेको आरोपमा जीबी राईसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.