logo

वीरगन्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम

 ईसिमाना सम्वाददाता     २०८१ भदौ ७ गते ०८: ५८ मा प्रकाशित     511   पटक पढिएको

वीरगन्ज। प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय कारको बिक्री प्रारम्भ भएको छ।

निरज अटोमोबाइल प्रा.लि वीरगन्जले सोरुम स्थापना गरेर सो कारको बिक्री–वितरण वीरगन्जको गण्डक बाट सुरु गरेको छ।

सोरुमको उद्वघाटन कार्यक्रम निरज अटोमोबाइलका निरज सरार्फ,पंकज अग्रवाल,उत्तम अग्रवालले संयुक्त रुपमा रिबन काटेर  उद्वघाटन गरेका छन ।

निरज अटोमोबाइल प्रा.लि.का अध्यक्ष आकाश सरार्फका अनुसार बीवाईडी परिवारको हिस्सा हुदा आफू उत्साही भएको बताए।

`बीवाईडी´ मा हामी नयापन,दिगोपना अवस्मर्णिय भबिस्यलाई आकार दिन प्रतिवद्व समेत रहेको उनले बताए।गाडी वातावरण मैत्री भएको हुँदा अत्यधिक रुचाइएको छ ।

विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने बताए।

आवश्यकता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने उनले जानकारी दिए ।`बीवईडी´ का आधिकारिक बिक्रेता इमेक्स इन प्रा.लि.का सेल्स हेड आशुतोष गौतमले अहिले १५ वटा भन्दा बडि BYD शोरूमहरु सञ्चालनमा ल्याएको  र बिस्तारै नेपाल भरी थप शोरूम संचालनकाे योजना रहेकाे बताए ।

जसले EVs लाई नेपालमा बढी पहुँच योग्य बनाउँछ। त्यस्तै उअन्ले चार्जिङ नेटवर्क: कम्पनीले 33 DC Fast Chargers स्थापना गरेको छ र 2024 सम्म यसलाई 100 भन्दा बढीमा विस्तार गर्ने योजना बनाएको छ, जसले निजी क्षेत्रको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क अपरेटरको स्थान प्राप्त गरेको छ।

BYD, १९९५ मा स्थापित भएको, एक प्रमुख विश्वव्यापी ब्रान्ड हो जसले नयाँ ऊर्जा वाहन (NEV) मा अग्रणी प्रगति गरेको छ। ७० भन्दा बढी देश र ४०० शहरमा उपस्थित BYD ले NEV क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.