logo

नागरिकको बचत हिनामिना गर्न नसक्नेगरि महानगर सहकारी ऐन बनाउदै, सहकार्यकोलागि प्रमुख सरावगीको अपिल

      11/28/2020 गते 00 00 मा प्रकाशित     1155   पटक पढिएको

बीरगंज महानगरपालिकाले सहकारी ऐन बनाउनदै गरेको महानगरका प्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।

 

वीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं साधारणसभाको उद्धघाटन गर्दै महानगर प्रमुख सरावगीले साना पूजीको परिचालनमा प्रभावकारी भूमिका निर्वाह गर्दै गरिवी निवारणमा योगदान दिने सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन कानून बनाउन लागिएको बताउनु भयो । 

 


साना र छरिएर रहेको रकमलाई जम्मा भएपछि हिनामिना गरिएका घटनाहरु देखिएको चर्चा गर्दै महानगर प्रमुख सरावगीले नागरिकको बचत हिनामिना गर्न नपाउने प्रवन्ध सहितको ऐन बनाउने  काम भइरहेको बताउनु भयो ।

 

उहाँले सहकारीले उद्ययमशिलताको बिकास र रोजगारी सृजनामा गरेको योगदानको प्रसंशा गर्नु भयो । उहाँले बीरगंज महानगरपालिका सहकारीहरुसंग सहकार्य गर्न तयार रहेको बताउदै  सहकार्यकोलागि खुला आमन्त्रण पनि गर्नु भयो ।

 

उद्घाटन समारोहमा संस्थाका सचिव गोविन्दप्रसाद श्रेष्ठले आव २०७६र२०७७ मा रु ३६ लाख मुनाफा भएको र मुनाफामध्ये रु १२ लाख शेयरधनीलाई लाभांशको रूपमा वितरण गरेको  जानकारी दिनु भयो ।

 

उनले सहकारी गत आवमा करीब रु १८ करोडको कारोबार गरेको बताए। संस्थाका अध्यक्ष डिल्लीविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शम्भुप्रसाद गुप्ता, राजेश पण्डित, रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

 

उद्घाटन सत्रमा डा नीरज सिंह, डा. उदयनारायण सिंह र रेडियो वीरगंजका अध्यक्ष साहलाई दोसल्ला ओढाएर नगरप्रमुख सरावगीले सम्मानित गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.