logo

लक्ष्य अनुरुपको राजस्व संकलनमा बीरगंज भन्सार असफल

 इसीमाना सम्वाददाता     २०८१ सावन ५ गते ११: ५० मा प्रकाशित     491   पटक पढिएको

वीरगञ्ज । बीरगंज भन्सार कार्यालय लक्ष्य अनुरुपको राजस्व संकलनमा असफल भएको छ ।

बीरगंज भन्सारकालागि गत आर्थिक वर्षमा २ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको थियो ।

तर १ खर्ब ५७ अर्ब ४० करोड रुपैयाँ मात्रै संकलन गरेको वीरगञ्ज भन्सारका सूचना अधिकारी रघुलाल कर्णले बताए ।

बीरगंज भन्सार कार्यालयले निर्धारित लक्ष्यको ६४.१६ प्रतिशत मात्र राजस्व संकलन गर्न सेकेको छ ।

बैदेशिक ब्यापारमा आएको कमीका कारण राजस्व संकलन प्रभावित भएको अधिकारीहरुको भनाई छ । बीरगंज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा ६० प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो । अघिल्लो वर्षको तुलनामा भने गत वर्षको राजस्व संकलन बढी हो ।


बीरगंज नाकाबाट खासगरी सवारी साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात हुन्छ । सबै बस्तुको आयात र नेपालबाट हुने निर्यात समेत घटेको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीको भनाई छ ।

बीरगंज भन्सारको राजस्व असुलीमा अनधिकृत कारोवारले पाएको प्रश्रयले पनि प्भाव पारेको छ । राजस्व छलीका अनेकौं घटना सार्वजनीक भएका छन । त्यसले पनि राजस्व संकलनको लक्ष्य प्भावित बनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.