logo

काठमाडौंको दरबारमार्गमा खुल्यो ‘भेन्चुरिनी’ ब्रान्डको शो–रुम, एक वर्षभित्रै देशका १० शहरमा ,चर्चित कलाकारले गरे उद्घाटन

      11/14/2020 गते 00 00 मा प्रकाशित     1308   पटक पढिएको

अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।

काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन्।

एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताउनु भयो । 

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुपमा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग ९झोला० उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताउनु भयो ।

‘फुटबेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, थापाले भन्नु भयो “सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ 

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पुर्‍याइने छ। एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भननुभयो , ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिने छ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताउनु भयो ।

‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भन्नु भयो । 

कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उहाँले बताउनु भयो । 

कलाकारहरूले के भने ?

भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन्। 

विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा छ।

‘म ब्रान्डप्रति त्यति कन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यही प्रयोग गर्छु,’ शर्माले भन्नुभयो, ‘हामीले गुणस्तरमा ध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यान दिएकाले नेपाली उपभोक्ताले लाभ लिन सक्ने मैले पाएकी छु।’

मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राखनु भयो । 

त्यसैगरी, अभिनेत्री एलिजा गौतम र फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त मालाकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो। नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्ड नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नु भयो ।

‘फेन्चाइज रुपमा नेपाल भित्रिएको भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिक लाभ लिन सक्नेमा विश्वस्त हुन सकिन्छ,’ धमलाले भन्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.