logo

महानगरको बजेट आकार घट्यो,२ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८१ असार ९ गते ०८: २१ मा प्रकाशित     382   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा २ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरिएको हो ।

महानगरको बजेट चालु आर्थिक वर्षको भन्दा ६२ करोड कम आएको छ । चालु आर्थिक वर्षको बजेट संसोधनपछि पछि ३ अर्ब ५१ करोड रहेको छ । मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको नगरसभामा उप–प्रमुख इम्तियाज आलमले बजेट प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पच्चिस प्रतिशत रोक्का रहेको छ । संघीय सरकारको राजश्व असुली पनि लक्ष्य अनुरुप नभएको राजश्व बाँडफाँड घटेको छ । घर जग्गा कारोबारमा आएको मन्दीले गर्दा घरजग्गा रजिष्ट्रेशनमा आएको कमीले पनि बजेटको आकार घटाउनु परेको उपमेयर आलमले बताए ।

यस्तै प्रदेश सरकारबाट आउने शशर्त र बिशेष अनुदानका रकम प्राप्त हुन नसक्दा महानगरले लक्ष्य अनुसार काम गर्न नसकेको उनको भनाई छ ।


वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विषेश कार्यक्रमहरु राखिएको उनले बताए । बजेटमा चालु खर्च २ अर्ब ४ करोड ६६ लाख ९ हजार अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ । पूँजीगत खर्च ८१ करोड १८ लाख ८ हजार अर्थात २८.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तिय व्यवस्था तर्फ ३ करोड ६४ लाख अर्थात १.२६ प्रतिशत राखिएको छ ।


आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरू पनि पहिचान गरेको छ । आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरु सहभागी भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.