logo

म्याद नाघेका अखाद्य बस्तु बजार पठाउने खेलमा बिशाल ग्रुपको संलग्नता, कारवाही कमजोर बनाउन चलखेल शुरु

      10/5/2020 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

म्याद नाघेका स्निकर्स र बोर्नभिटा जस्ता सामग्री बजारमा पठाउनेका बिशाल ग्रुपको संलग्नता देखिएको छ । म्याद गुज्रेको अखाद्य बस्तुमा रिलेभलिङ गरेर बजार पठाउने तयारीमा पक्राउ परेको आयान डिस्ट्रिब्युटर्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको व्यापारिक समुह विशाल ग्रुपले  बिज्ञप्ति जारी गरेर जनाएको थियो । तर तथ्यहरुले बिशाल ग्रुप र  र प्रिज्मा एड एजेन्सीको दाबी झुटो भएको प्रमाणित गरेको छ। आयान डिस्ट्रिब्युटर्ससँग व्यापारिक समुह विशाल ग्रुप सम्बन्ध रहेको छ । 

तर वाणिज्य विभागको उपलब्ध रेकर्ड तथा पक्राउ परेका संचालक पुष्पा अग्रवाल र व्यवस्थापक रौनक बोथ्राको कनेक्सन हेर्दा आयानसँग विशाल ग्रुपसँग सम्बन्ध रहेको पाइएको छ।

पक्राउ परेका व्यवस्थापक पदमा कार्यरत भारतीय नागरिक रौनक बोथ्रा विशाल गुप्रको युनाइटेड डिष्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको खुल्न आएको छ। त्यसो त बोथ्रा आफैंले लिंकडेन नामक सोसियल साइटमा आफु युनाईटेड डिष्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको उल्लेख गरेका छन्। विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्।

यसबाट म्याद नाघेका स्निकर्स, प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउनेहरु विशाल ग्रुपको लगानी रहेको युनाईटेड डिष्ट्रिब्युटरको लोकल वितरण आयान डिष्ट्रिब्युटरका संचालक तथा कर्मचारी भएको देखिन्छ।

विभागले अनुसन्धानको आधारमा आयानका ब्यबस्थापक रोनक बोथरालाई म्याद थप गरी ५ दिनको लागि थुनामा पठाएको छ भने मुख्य संचालक रहेकी पुष्पादेवी अग्रवाललाई १ करोड बराबरको १ वर्ष अवधिको बैंक ग्यारेन्टी धरौटी वापत जमानत लिई साधारण तारेखमा रिहा गरेको छ।

पक्राउ परेका अन्य ६ जना साधारण तारेखमा रिहा भएका छन् । उनीहरु गोदाम भित्रको काम र ढुवानीमा संलग्न रहेको विभागले जनाएको छ । तारेखमा छाडिएका सबैलाई असोज २० गते थप सोधपुछको लागि विभागमा बोलाईएको छ ।

विभागले गत बिहिबार अनुगमनको क्रममा म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरुमा नयाँ म्याद राख्ने गरेको भेटेपछि त्यस कार्यमा संलग्नलाई पक्राउ गरेको थियो । विभागले म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरेको थियो।

जनस्वास्थ्यमा खेलवाड गरि म्याद नाघेका अखाद्य बस्तु बजार पठाउनेलाई जिल्ला प्रशासन कार्यलय मातहत राखेर कारबाही गर्नुपर्नेमा विभागलाई जिम्मेवारी दिएर मुद्दा कम्जोर बनाउन खोजिएको आरोप लागेको छ। उनीहरुलाई कालोबजारी तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानअनुसार कारबाही हुनुपर्नेमा उपभोक्ता संरक्षण ऐन २०७५ को आधारमा कारबाही गर्ने तयारी गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.