logo

वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभा सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० फागुन २८ गते ०५: १९ मा प्रकाशित     683   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभा बीरगंजमा सोमवार सम्पन्न भएको छ । साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उदघाटन गरेका थिए ।


अध्यक्ष ढकालले निजीक्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकटको सृजना भएको बताए । उनले नीजि क्षेत्रको सुझावलाई सरकारले समग्र राष्ट्रकालागि हो भन्ने कुरा ढिला गरि बुझेको उनले बताए ।


निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै होइन भन्ने कुरा बुझेमात्र आर्थिक संकटबाट पार पाउने उनले दावा गरे ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने बताए ।


देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले ४८ औं साधारणसभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।

संघले चालू आर्थिक बर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रा.लि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको छ ।

 

त्यस्तै तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

त्यसैगरी सञ्चारक्षेत्र तर्फ नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का र सगरमाथा टेलिभिजनका प्रणय कुमार, मिराकल स्कुलकी अमृता साह, क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख, संघका कर्मचारी विजय चौरसिया लगायतलाई सम्मान गरेको छ । कार्यक्रमको सञ्चाल संघका महासचिव आशिष लाठले र धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.