logo

राजस्व घट्यो, पथलैयाका देवकोटा सेटिङ गर्न तल्लीन,बिभागका महानिर्देशकलाई माल चाहियो

 इसीमाना सम्वाददाता     २०८० फागुन १३ गते १६: ०० मा प्रकाशित     866   पटक पढिएको

बीरगंज ।प्रधानमंत्री मातहत रहेको राजस्व अनुसन्धान विभागको महानिर्देशक अहिले नवराज ढुंगाना छन । ढुंगाना कास्कीका हुन त्यती मात्र होइन प्रधानमंत्री प्रचण्डका स्वकीय सचिव भइसकेका ब्यक्ति हुन ।

 

बीरगंज भन्सारको प्रमुख प्रशासक रहेकै बेला प्रधानमंत्री प्रचण्डले उनलाई आफनो सचिवालयमा लगेका थिए ।हिजो के.पी.ओली प्रधानमंत्री हुदा बिभागलाई प्रधानमंत्री मातहत ल्याइएको थियो । माओवादी र नेपाली कांग्रेसले त्यसको घनघोर बिरोध गरे तर त्यसपछि पालै पालो सत्तारोहण गरेका प्रचण्ड र देउवाले बिभागलाई प्रधानमंत्री मातहतबाट हटाउन कुनै इच्छाशक्ति देखाएनन । उल्टै आफनो सचिवालयको मान्छेलाई बिभागमा पठाएर आर्थिक दोहनको अवसर प्रदान गरेको देखिन्छ ।

 

विभागले राजस्व चुहावट र तस्करी नियन्त्रण कुनै उल्लेखनीय काम गर्न नसकेको तथ्यले देखाएको छ । मुलुकको प्रमुख स्थल भंसार र सबै भन्दा बढी राजस्व असुली हुने बीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पाएको राजस्व लक्ष्य भेटेको छैन ।

 

कार्यालयले भन्सार विभागबाट १ खर्ब ३९ अर्ब १ करोड ७४ लाख ६७ हजार रूपियाँको राजस्व सङ्कलनको लक्ष्य पाएकोमा कुल लक्ष्यको ६१.९२ प्रतिशत अर्थात् ८६ अर्ब ५७ करोड ७५ लाख ३ हजार मात्रै राजस्व सङ्कलन गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । यो तथ्यले पनि राजस्व बिभागको असफलताको कथा कहन्छ ।

 

बिभागका प्रमुख ढुंगाना कमाउ धन्दामा लागेका कारण माथि देखी तल सम्म राजस्व् अनुसन्धान बिभाग अनियमिततामा डुबेको छ । पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालय र त्यसका प्रमुख प्रेमप्रसाद देवकोटा ढुङगनाका प्रिय पात्र बनेका छन ।

 

अनधिकृत कारोवारको प्रमुख केन्द्र बीरगंज मार्फत तस्करीको लाइन चलाएर ढुङ्गानाको अभियानलाई साथ दिदै आफू पनि मालामाल भएका छन । देवकोटाको उठती पुठ्तीको प्रवन्ध भने बीरगंज घर भएका तिर्थ पासवान नामका अधिकृतले गर्दै आएका छन ।

 

पासवानले स्थानीय भएका नाताले सबै तस्करसंग चीनजान भएको र उनीहरुको सामानहरु बिना चेकजाँच पास गरिदिने प्रवन्ध बिलाएर राजस्वमा तर मार्ने काम गर्दै आएका छन ।

महानिर्देशक ढुंगाना नै असुलीधन्दामा अग्रसर भएको थाहा पाएपछि मातहतका कार्यालयका प्रमुखहरुले त्यही सिको गरेका कारण पछिल्ला दिनमा देशभर तस्करी बढेको छ ।

पथलैयाका ,प्रमबाबु देवकोटा सिधै प्रधानमंत्री कार्यालयलाई रिपोर्ट गर्नुपर्छ भन्दै आफनो अड्डा राजस्व चुहावट नियन्त्रणमा लागेको आदर्शकुरा गर्न त माहिर छन तर उनका सहयोगी पासावानलाई ढुंगाना पथ अंगिकार गर्दै तस्कर र ब्यापारीसँग लेनदेनमै सेटल गर्न खटाएका छन ।


पासवानले तस्करीको सामान लोड भएका गाडी बरामद गर्ने र मोटो रकम असुली गरि छाडने गरेका छन । देवकोटार पासवानाले यो बापत महानिर्देशक ढुंगानालाई समेत हिस्सा बुझाउने गरेको स्रोतको दावी छ । ढुङ्गानाका कारण नै देवकोटा तस्करहरुसँग सामान बरामद होइन, सेटिङ गर्न तल्लीन छन् ।

 

देशका ठूला उद्योगी र ब्यवसायीहरुलाई विभिन्न नाममा छापा मार्ने, तर्साउने र ठूलो रकम बार्गेनिङ गर्नमै पथलैया राजस्व ब्यस्त छ ।

राजस्व अनुसन्धान विभाग राजस्व चुहावट र भन्सारछली नियन्त्रणका लागि स्थापना भएको हो । तर विभागमा पछिल्ला दिनमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ ।

महानिर्देशक र निर्देशकहरु मातहतका कार्यालयका प्रमुख राजनीतिक भागबण्डाका आधारमा सरुवा हुने प्रचलनले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दा पनि कसरी हुन्छ आर्थिक उपार्जन गर्ने माध्यम बनाइएको छ ।

राजस्व अनुसन्धान विभागमा कर्मचारी खटनपटन सत्ता गठबन्धनको भागबण्डामा हुने गरेको छ । महानिर्देशक ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीए र घर पनि कास्कीको एउटै गाउँ भएकाले उनी प्रम नजिक छन भन्ने कुरा घाम जतिकै छर्लङै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.