logo

गैरकानूनी रुपमा संचालीत जगदम्बा सिमेन्टलाई श्रम अदालतको सात बूंदे निर्देशन

 इसीमाना सम्वाददाता     २०८० फागुन ११ गते १५: ४७ मा प्रकाशित     617   पटक पढिएको

बीरगंज । श्रम अदालतले श्री शुभश्री जगदम्बा सिमेन्ट मिल्स सात बूंदे निर्देशन जारी गरेको छ ।

 


न्याय प्रशासन ऐन २०७२ को दफा २१ अनुसार श्रम अदालतले आफूले पुनरावेदन सुन्ने न्यायी वा अर्धन्यायीक निकायको वर्षमा कम्तिमा एक पटक निरिक्षण गर्नु पर्ने कानूनी ब्यवस्था छ ।

 

त्यही ब्यवस्था बमोजीम श्रम अदालतका बासुदेव आचार्यको नेतृत्वमा इजलाश अधिकृत रत्ना घिमिरे कम्प्युटर अपरेटर कौशल दाहाल र श्रम तथा रोजगार कार्यालय बीरगंजका रुद्र नाराण साहको टोलीले माघ २८ मा निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा उधोगले श्रम ऐन ०७४ बमोजीमको मापदण्ड पुरा नगरेको निष्कर्ष निकालेको छ ।

 


०६४ सालमा स्थापना भएको उधोगले वार्षिक रुपमा गर्नु पर्ने श्रम अडिट नगरेको पाइएको निरिक्षण टोली प्रमुख आचार्यले बताए ।

 

स्वदेशी तथा बिदेश गरि १ सय ४ जना नियमित श्रमीक कार्यरत रहेको भएपनि बिदेशी मजदुरको संख्या उधोगले यकिन नगरेको, बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति नलिएको , योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने रकम हालसम्म समावेश नगरेको र श्रमीकहरुको संचयकोष समेत दाखिला नगरेको निरिक्षणको क्रममा फेला परेको छ ।


उधोगले कारखानामा कार्यरत श्रमीकहरुको दुर्घटना बिमा गरेको छैन ।उधोगमा ट्रेड युनियन समेत बन्न नदिएको पाइएको निरिक्षण प्रतिवेदनमा उल्लेख छ । मिल्समा कार्यरत सबै मजदुरलाई नियुक्ति पत्र समेत नदिइएको र मजदुरले न्यूनतम पारिश्रमीक समेत नपाएको निरिक्षण टोलीले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । मिल्सले नेपालको मौजुदा काूननको प्रतिकूलका सबै काम गरेको छ । कानूनको उल्लंघन आफैमा अपराध हो ।


निरिक्षण टोलीले उधोगलाई बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति लिएर मात्र काममा लगाउन, प्रत्येक वर्ष श्रम अडिट गरि त्यसको प्रतिवेदन ऐनले ब्यवस्था गरेको म्याद भित्र श्रम कार्यालय पर्सामा पेश गर्न , सामाजीक सुरक्षा कोषमा समोवश भई सम्पूर्ण मजदुर कर्मचारीके संचयकोष,उपदान र सामाजिक सुरक्षा कोषमा दाखिल गर्नु पर्ने रकम दाखिला गर्न कर्मचारी मजदुरको दुर्घटना बिमा गर्न ,नियुक्ति पत्र दिन, न्यूनतम पारिश्रमीक दिएको बिवरण पेश गर्न र बोनष बापत श्रमीकले पाएको बोनस बितरणको बिवरण समेत पेश गर्न श्रम अदालतको निरिक्षण टोलीले निर्देश गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.