logo

वीरगंजमा नेपाल कमर्स एसोसिएसनको कन्फरेन्स आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८० फागुन ५ गते १०: २१ मा प्रकाशित     565   पटक पढिएको

बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिषुवामा शनिवारएसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यषतामा सम्पन्न भएको छ ।

 

बैठकले संस्थामा संस्थापकहरुबाट भएको योगदान रकम तथा आजिवन सदस्यता शुल्कबाट प्राप्त रकम मध्ये ७५ प्रतिशत रकमलाई पुजीकृत कोषमा राख्ने र बाकी चालु शिर्षकमा खर्च गर्ने निर्णय गरेको छ ।

 

एसोसिएसनले भोलिदेखि नै नया आजिवन सदस्य तथा साधारण सदस्यहरु बनाउनको लागि फारम वितरण गर्न सुरु गर्ने भएको छ ।

 

आजिवन सदस्यता लिने सदस्यहरुले एक पटक मात्र दस हजार आजिवन सदस्यता शुल्क तिरि आजिवन सदस्यता लिन पाउने छन ।

 

त्यसतै साधारण सदस्ता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाच सय र त्यस पछि प्रति वर्ष एक हजार रुपैया नविकरण शुल्क वापत तिर्नु पर्ने छ ।

 

एसोसिएसनको सदस्यता लिनलाई कम्तिमा कर्मस वा व्यवस्थापन संकायमा स्नातोकोत्तर गरेको हुनु पर्ने छ । एसोसिएसनले आफ्ना सदस्यहरुलाई आलेख लेख्न निशुल्क प्रशिक्षण दिने छ भने कर्मस वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नातोकोत्तर अध्ययनरत बिद्यार्थीहरुलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने भएको छ ।

 

एसोसिएसनले सन २०२४ भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम कन्फरेन्स गर्ने निणर्य गरेको छ । कन्फरेन्स पछि एसोसिएसनले जर्नल (पुस्तक) समेत प्रकाशन गर्ने छ ।

 

आलेख लेख्न प्रशिक्षण तथा कन्फरेन्सबाट कमर्स तथा व्यवस्थापन संकायका शिक्षक तथा बिद्यार्थीहरुमा शोध गर्ने क्षमताको विकास हुनेछ ।

 

एसोसिएसनका अध्यक्षमा वीरगंज कलेजका संचालक समिति अध्यक्ष डा. चौधरी, उपाध्यक्ष रा.रा.बहुमुखी क्याम्पस, जनकपुरधामका सह–प्रध्यापक डा.बिनोद साह, सचिवमा डा. आलोक दत्ता सह–प्रध्यापक हरि खेतान क्याम्पस, वीरगंज, कोषाध्यक्ष डा. अशोक राज ठाकुर उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज, सदस्य डा. सरोज कुमार ठाकुर सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, सदस्य डा. उदय किशोर तिवारी उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर, सदस्य डा. सन्तोष कुमार कर्ण सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.