logo

डेडिकेटेड फिडर र ट्रंक लाइन को सन्दर्भमा सरकार छानविनको नाटक मंचन गर्दैछः सांसद यादव

 इसीमाना सम्वाददाता     २०८० फागुन ४ गते १६: ४६ मा प्रकाशित     460   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका नेता तथा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले कुशासनका कारण नेपाल ठुलो संकटमा परेको बताएका छन ।

 

वीरगन्जमा शुक्रबार राष्ट्रिय समाचार समिति(रासस)को ६३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मुलुकमा जता हेर्यो त्यतै अनियमितता मात्रै रहेको बताए ।

 

उनले लेखा समितिले सरकारलाई दिएको निर्देशनको कुनै अर्थ नरहेको टिप्पणी गरे । लेखा समितिले सरकारलाई निर्देशन दिन्छ तर सरकार ( कार्यपालिका) ले निर्देशनको कुनै वास्ता गर्दैन त्यसैले आजकल लेखा समितिको बैठकमा जान समेत जाँगर चल्न छाडेको उनले बताए ।

 


डेडिकेटेड फिडर र ट्रंक लाइन को सन्दर्भमा मुलुकमा राम्रै नाटक मंचान भएको उनले बताए । सरकार छानविनको नाटक गर्दैछ पूर्वमंत्री समेत रहेका यादवले भने लाल आयोगका प्रमुख रहेका गिरिशचन्द्र लाल नै यो समितिका प्रमुख छन म दावाका साथ आजै भन्न सक्छु प्रतिवेदनमा के लेखिन्छ ।

 

सरकारले गएको पुष २४ गते बसेको मंत्रीपरिषद बैठकले छानविन समिति बनाएको थियो । मन्त्रिपरिषद्ले समितिले छानबिन गरी प्रतिवेदन नबुझाएसम्मका लागि उद्योगहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णयसमेत गरेको थियो।


नेता यादवले भ्रष्टाचारका अनेकौ दृष्टान्तहरुको चर्चा गर्दै प्रतिनिधि सभाको अवको बैठकमा आफूले कुरा उठाउने बताए । उनले नेपालको मुलधारको संचार माध्यमले मधेशसंग न्याय गर्न नसकेको बिचार ब्यक्त गरे ।

मुलधारका मिडियमा मोफसलका मुद्धाले स्थान नपाएकोमा उनको गुनासो थियो । उनले केही मिडिया अहिले पनि ब्यापारीक घरानाको कब्जामा रहेको र तिनका काला कर्तुत लुकाउन ब्यस्त रहेने गरेको बताए ।

राससका वीरगन्ज प्रमुख राजु विश्वकर्र्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस ससंगठनका केन्द्रिय महासचिव रामकुमार एलन, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लगायतकोपनि सहभागीता थियो । कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.